मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बाग्लुङ समाज जापानले गरेको दोश्रो रनिङ कप भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न,गल्कोट समाज जापान बन्यो बिजेता

गण्डकी पोष्ट चैत्र २२, २०७८ मंगलबार
  • 1.1K
    SHARES
  • बाग्लुङ समाज जापानले गरेको दोश्रो रनिङ कप भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न,गल्कोट समाज जापान बन्यो बिजेता

    चेतनाथ पौडेल

    images

    टोकियो,जापान ।  

    बाग्लुङ समाज जापानको आयोजनामा टोकियोमा सोमबार दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।  

    नेपालीहरुको प्रमुख पर्व चैतेदसैंको अवसरमा आयोजित भलिबलको बिजेता गल्कोट समाज जापान भएको थियो ।  भने अघिल्लो बर्ष भएको पहिलो रनिङ कपको बिजेता गल्कोट  स्पोर्ट  क्लब टोकियो उपबिजेता बन्न पुगेको थियो ।  त्यस्तै तल्लो लमाई समाज जापान र ताराखोला समाज जापानले सान्त्वना स्थान हासिल गरेका थिए ।

    नौ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा प्रथम हुने गल्कोट समाजले नगद २ लाख ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुने गल्कोट स्पोर्ट क्लबले नगद १ लाख  ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई  टिम तल्लो लमाई समाज जापान र ताराखोला समाज जापानले सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र  प्राप्त गरेका थिए ।  

    नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको र यही अवसरमा बिशेष प्रस्तुतिको रुपमा मौलिक पञ्चेबाजा समेत रहनाले कार्यक्रमको सोभा थप बढेको समाजका कार्यवाहक अध्यक्ष यमकान्त कंडेलले बताउनुभयो । 

    प्रतियोगितामा बेष्ट प्लेयर गल्कोट समाजका राजन मल्ल , बेष्ट स्पाईकर गल्कोट स्पोर्टका रेशम बस्नेत , बेष्ट डिफेण्डेर गल्कोट समाजका मनोज केसी ,बेष्ट सेटर गल्कोट स्पोर्टका महेन्द्र साहनी    बेष्ट कोच अन्तर्गत गल्कोट समाजका लोकेश खत्रीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।

    एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिका उप-संयोजक ददिवल खड्काको प्रमुख आतिथ्यता, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद  पौडेल बरिष्ठ उपाध्यक्ष  नबिन निउरे ,महासचिब तथा समाजका निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका  पदाधिकारीहरुको बिशिष्ट  आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष यमकान्त कंडेल ,संचालन महासचिब राजु केसी र स्वागत मन्तब्य सचिब सुनिता श्रीस मगरको रहेको थियो ।

     

    undefined

     

    051DC638-5B4E-485E-80C9-A659463C56CA.jpeg

    8C006922-789C-48BF-9B60-C49A52CF6D1E.jpeg8C006922-789C-48BF-9B60-C49A52CF6D1E.jpegF9FB3FF5-902C-4278-9674-D911A725FD06.jpeg437BF47E-F536-400E-9165-17B040D4263D.jpegC3A8CEF9-4B4E-433F-95FD-CC603A4DA56E.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार