जापान यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको छ । बिहीबार भएको एसियन छनोटअन्तर्गतको खेलमा अस्ट्रेलियालाई २–० गोलले हराउँदै जापान विश्वकपमा छनोट भएको हो ।
अस्ट्रेलियाको मैदानमा जापानलाई जिताउन कौरु मितोमाले दुवै गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८९औँ मिनेटमा मितोमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा दोस्रो गोल गर्दै मितोमाले जापानलाई विश्वकपमा छनोट गराए ।
यससँगै जापान एसियन छनोटअन्तर्गत समूह ‘बी’को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । जापान लगातार सातौँ संस्करण विश्वकपमा छनोट भएको हो ।
अस्ट्रेलिया जापानसँग हारेसँगै साउदी अरेबियाले विश्वकपमा स्थान बनायो । साउदी समूह ‘बी’ को दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।
(2).gif)
