जापान,टोकियो.
विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आईएको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एनआरएनए जापानले एक विशेष कार्यक्रमका साथ मनाउँने भएको छ। भर्चुअल रुपमा आयोजना गरिने कार्यक्रममा महिला तथा बालबालिकाको क्षेत्रमा योगदान पुर्याएका बिशिष्ट ब्यक्तिहरुको योगदान र अनुभवलाई समेटिने महिला संयोजक अन्जु भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख बक्ताहरुमा पर्लल फाउण्डेशनकी सिर्जना काफ्ले,इको साथी नेपालकी मनु कार्की,इनर भिजन नेपालकी नन्दा सिंह,मासाको तानाका र भुपाल ढकाल रहनुभएको जनाईएको छ । भने एनआरएनए जपानकी उपाध्यक्ष संगिता अधिकारी सुबेदी एनआरएनए हङकङकी पूर्व अध्यक्षसमेत रहेकी टिका गुरुङ (राधिका) र संगिता मरहठ्ठा लगायतका केही सहभागिहरुले ११२ औं अन्तराष्ट्रिय महिला दिवसको महिलाहरुलाई शुभकामना दिनुहुने जनाईएको छ।
कार्यक्रम मार्च ८ तारिख जापानको समय अनुसार साझको ८:१५ बाट जापानबाट संचालित बिभिन्न मिडियाबाट प्रत्यक्ष प्रसारण हुने जनाईएको छ। एनआरएनए जापानकी सचिब एलिजा केसिको सहजिकरणमा हुने कार्यक्रम गण्डकीपोष्ट डटकमको फेसबुकबाट पनि प्रत्यक्ष रुपमा हेर्न सकिनेछ ।
संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो। सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो। नेपाली पञ्चाङ्गअनुसार यो दिवस सालाखाला फागुन २५ गते पर्छ । यसरी संसारका विभिन्न देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो ।
(2).gif)
