मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाली राजदूतावास टोकियोबाट पनि विद्युतीय राहदानी बितरण प्रक्रिया प्रारम्भ

गण्डकी पोष्ट फाल्गुण १४, २०७८ शनिबार
  • 879
    SHARES
  • नेपाली राजदूतावास टोकियोबाट पनि विद्युतीय राहदानी बितरण प्रक्रिया प्रारम्भ

    नेपाली राजदूतावास टोकियोबाट विद्युतीय राहदानी ( E-Passport) का लागि लाईभ इनरोलमेन्ट प्रक्रिया सफलतापूर्वक सम्पन्न भई सेवा प्रारम्भ भएको छ । राहदानी विभागले शुक्रबार विभाग र विदेशस्थित विभिन्न नेपाली नियोगहरुको बीचमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी जारी गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनु हुँदै नियोगहरुलाई आवश्यक निर्देशन दिनुभएको थियो । ई-पासपोर्ट प्रणालीको सफलतापूर्वक शुरुवात भएसँगै शुक्रबार देखि टोकियो स्थित नेपाली दूतावासमा पनि विद्युतीय राहदानीका लागि आवेदन दिन प्रि- इनरोलमेन्ट बुकिङ्ग खुला गरिएको छ ।

    images

     प्रि-इनरोलमेन्टका लागि राहदानी विभाग वा राजदूतावासको वेभसाइटमा राखिएको  लिखित लिङ्कमा गई विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु अपलोड गर्नुपर्नेछ ।  विद्युतीय राहदानी शुरु भएको प्रारम्भिक चरणमा केही दिनका लागि सीमित बुकिङ्ग मात्र खुला गरिएको जनाईएको छ । हालको राहदानी हराएका, राहदानी र भिषाको बहाल अवधि समाप्त भएका वा तीन महिनासम्मको अवधि बाँकी रहेका व्यक्तिले प्रि-इनरोलमेन्ट गरी समय बुकिङ्ग गरेर लाईभ इनरोलमेन्टका लागि राजदूतावासमा आउनुहुन अनुरोध गरेको छ । 

     

    ई-पासपोर्ट प्रणालीकोलागी राजदूतावासले जारी गरेको सुचना यस्तो छ ।

    E03EB4F2-B471-4FBE-8024-2DC05CE825C6.jpeg7F35FF1D-B39B-4CE9-8B7D-1636CD8AAB92.jpeg9125953B-AEFB-428B-931A-9C3A40567838.jpeg5889380C-AB17-40E6-B1B5-1D8B4CA8F453.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार