बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

बाग्लुङ समाज जापानले अप्रिल ४ तारिख दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

गण्डकी पोष्ट फाल्गुण ११, २०७८ बुधबार
  • 1.4K
    SHARES
  • बाग्लुङ समाज जापानले  अप्रिल ४ तारिख  दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

    टोकियो,जापान ।  
    बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

    images

    नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजित हुन लागेको जनाईएको छ । भलिबल प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उप-समिति गठन गरी जिम्मेवारी बाडफाडका साथ प्रतियोगिताको तयारी थालेको कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताउनुभयो ।

    समाजले कार्यक्रम संयोजकको जिम्मेवारी कार्यसमिती सदस्य बसन्त थापालाई प्रदान गरेको छ भने कार्यक्रमको सम्पूर्ण ब्यवस्थापकिय जिम्मेवारी उपाध्यक्ष गुरु प्रसाद सापकोटालाई दिईएको महासचिब राजु केसिले जानकारी दिनुभयो ।  त्यसैगरी आर्थिक,प्रचार प्रसार स्वयम्सेवक तथा अतिथी ब्यवस्थापक लगायतमा पनि जिम्मेवारी बाडफाड गरी  तयारी अगाडि बढाईएको जनाईएको छ। 

    प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २ लाख ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद १ लाख  ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुवै समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र  प्रदान गरिने बताईएको छ ।

    यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पिकेर, बेष्ट डिफेण्डेर,  बेष्ट लिफ्टर र  बेष्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने बताईएको छ ।

    प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको सिन्जुकु कज्मिक सेन्टर(Shinjuku Cosmic Center) मा  बिहान ९ बजे देखि खेल संचालन हुने समेत बताईएको छ । खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार