मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए क्षेत्रिय समिती क्युस्युले जापानमा रहेका नेपालीहरुलाई लक्षित गरि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्दै

गण्डकी पोष्ट माघ २६, २०७८ बुधबार
  • 819
    SHARES
  • एनआरएनए क्षेत्रिय समिती क्युस्युले जापानमा रहेका नेपालीहरुलाई लक्षित गरि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्दै

    गैर आवासीय नेपाली संघ क्षेत्रिय समिती क्युस्युको आयोजनामा जापानमा रहेका नेपालीहरुलाई लक्षित गरि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम हुने भएको छ । 

    images

    फेब्रुअरी १२ तारिख शनिवार बेलुका ८:१५ बजे जापानको समय तथा  ५:०० बजे नेपाली समयमा भर्चुअल रुपमा हुने कार्यक्रमलाई जापानबाट सन्चालित दर्जन बढी अनलाइनले एक साथ प्रसारण गर्ने छन्   

     

    विश्वभरि फैलिएको कोभिड-१९ महामारीको कारण जापानमा बसोबास गर्ने नेपाली समुदायमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरु बढिरहेको पाइएको छ। बिशेष गरी जापानको क्युस्यु क्षेत्रमा यसको असर बढी देखिएको छ। मानसिक स्वास्थ्यसंग सम्बन्धित समस्याहरुको पहिचान र समाधानको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमिति र एनआरएनए ग्लोबल हेल्थ कमिटिको सहकार्यमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरिएकोएनआरएन क्युस्युका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो ।

     

     एनआरएनए ग्लोबल हेल्थका अध्यक्ष डा.संजिब सापकोटा प्रमुख अतिथिको रुपमा रहनुहुने कार्यक्रमको बक्ताहरुमा अमेरिकाबाट डा. अशोक देबकोटा, नेपालबाट डा. राजन थापा, अमेरिकाबाट डा. संजय यादब र क्यानडाबाट लिला नाथ पाण्डेको सहभागितामा कार्यक्रम हुन लागेको पनि संयोजक थापाले जानकारी गराउनुभयो ।

    कार्यक्रमलाई एनआरएनए जापानका महिला सचिब एलिजा के.सी र क्युस्यु क्षेत्रिय सचिब कृष्णहरि पाठकले सहजीकरण गर्नुहुनेछ । 

    कार्यक्रमलाई गण्डकीपोष्ट डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने छ। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार