मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानको नयाँ कार्यसतिति निर्वाचित भएर काम थालेको ५ महिना पुग्दै गर्दा गर्‍यो कार्यप्रगति विवरण सार्वजनिक

गण्डकी पोष्ट पौष २५, २०७८ आइतबार
  • 204
    SHARES
  • एनआरएनए जापानको नयाँ कार्यसतिति निर्वाचित भएर काम थालेको ५ महिना पुग्दै गर्दा गर्‍यो कार्यप्रगति विवरण सार्वजनिक

    जापानवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको २०२१-२०२३ कार्यसतिति निर्वाचित भएर काम थालेको ५ महिना पुग्दै गर्दा ४ महिनामा गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। 

    images

     

    आर्थिक तथा प्रगती बिवरण सार्वजनिक गर्दै संस्थाले बिचमा एनआरएनए जापानभित्र जर्वजस्त सिर्जना गरिएका अमुर्त स्वार्थका विषयहरुले संस्थालाई नै अपांग बनाउने हर्कतहरु भए र अझै असफल प्रयासहरु जारी रहेको उल्लेख गरेको छ ।  

    5D56EFB8-0292-49DD-8883-B50598A8A530.jpeg

    4730A5A1-B0A0-49C6-AD50-2AA008E09189.jpeg

    आम जापानवासी नेपालीहरुको मत र मन जीत्न सफल कार्यसमितिले तिनै मनकारी जापानवासी नेपालीहरुको साथ र सहयोगले गर्दा ४ येन बाट सुभारम्भ गरेको आर्थिक कार्य दश लाख येन भन्दा बढि रकम बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गरिसकिएको र केही रकम बचत समेत गर्न सफल भएको जनाएको छ ।  

    जुझारु क्षेत्रिय कार्यसमिति, सक्रिय एनआरएनए कार्यसमिति अनि सँधै हाम्रो एनआरएनए राम्रो एनआरएनए बनाउन झकझकाई रहने जापानबाशि नेपालीको साथ र सहयोगबाट नै यो सबै सम्भव भईरहेको उल्लेख गरेको छ।

     

    निर्वाचनमा पराजित, निवर्तमान पूर्व कार्यसमितिका कतिपय जिम्मेवार पदमा रहेका व्यक्तिहरुले हस्तान्तरण गर्नुपर्ने कागजात र हिसाबकिताब अपहरणको शैलिमा आफ्नै नियन्त्रणमा राखिरहँदा जापानवासी नेपालीहरुको मतको अपमान र उहाँहरुले सदस्यता मार्फत बुझाउनु भएको रकम र सामाजिक हितको लागि संचित गरिएको रकम दूरुपयोग हुने सम्भावना बढेर गएको पनि उल्लेख गरेको छ ।

     

    आर्थिक श्रोत अभावका बिच पदप्रति निष्ठावान, जापानवासी नेपालीहरुप्रति जवाफदेही र कामप्रति कर्तव्यनिष्ठ कार्यसमितिलाई सबैतर्फबाट सहयोग जुट्दा अपेक्षाकृत कामहरु गर्न नसकेपनि वर्तमान कार्यसमितिले धेरै उदाहरणिय रचनात्मक कामहरुको सुरुवात र निरन्तरता दिएको जनाईएको छ ।

    प्रगती बिवरणमा बिभिन्न कारणवस चाहेरपनि कोभिड बिरुद्धको खोप लगाउन असमर्थ हुनुभएका जापानमा रहनुभएका करिव ३ हजार नेपालीहरुलाई खोप लगाउन सहयोग, नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटगरि जापानको लागि क्षमतावान राजदूत तत्काल नियुक्त गर्न पहल तथा अन्य दुई देशिय विविध विषयमा छलफल, एनआरएनए मेरो साथी कार्यक्रम अन्तर्गत विभिन्न महत्वपूर्ण विषयमा रचनात्मक कार्यक्रम निरन्तर रुपमा संचालन भईरहेको  लगायत समेटिएको  छ ।

    यि सबै काम तबमात्र सम्भव भएका हुन् जब क्षेत्रिय कार्यसमितिका सक्रिय संयोजकहरु सहित सिंगो कार्यसमितिको साथ सँगै राष्ट्रिय समन्वय परिषदको सम्पूर्ण टिम एकजुट भएर अघि बढ्दा जापानबाशि नेपालीबाट मिलेको साथलेनै  उत्साहित हुँदै थप सकारात्मक काम गर्ने उर्जा र साहस मिल्दै गएको बताईएको छ ।

     

    कार्यप्रगती बिवरण सर्वजनिक गर्दै गर्दा हामीले धैर्यता र संयमता अपनाउँदै असन्तुष्ट पक्षलाई पनि यसबिचमा समेटेर उहाँहरुको बिचारलाई पनि सम्वोधन गर्दै अगाडि बढ्ने हरसम्भव प्रयास गरेको तर नाजायज माग र पराजयको प्रतिशोधमात्रै साँध्नेगरि उठाईएका विषयहरु न अहिलेको सिंगो एनआरएनए जापानले पुरा गर्न सम्भव छ न त आईसिसि वा जापानवासी नेपालीहरुले नै त्यसलाई स्विकार्छन् भनिएको छ   

    यस्तो अवस्थामा सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने भावना हुँदाहुँदै पनि असंगतिपूर्ण मागहरु राख्ने पक्षलाई साथमा नलिई आफ्नो काम र जिम्मेवारीलाई तिब्रताका साथ अगाडि बढाउने निचोडमा पुगेको जनाईएको छ । आफ्नै हितको लागि आफ्नो परिश्रमको पैसा बुझाएर पनि आम्दानी र खर्चबारे बेखवर पारिएका जापानवासी नेपालीहरुको विगतको एनआरएनए जापानसँगको कारोबार हामी जतिसक्दो छिटो एकएक येन पारदर्शिरुपमा सार्वजनिक गर्ने प्रण गर्दछौं पनि भनिएको छ ।  

    वर्तमान कार्यसमितिले शपथग्रहण गरेर जिम्मेवारी सम्हालेयता गरेका काम तथा आम्दानि र खर्चको सम्पूर्ण विवरण यसमा समेटेर सार्वजनिक गरेको छ । 

    त्रैमाशिक रुपमा कार्य प्रगति विवरण र आर्थिक हिसाबकिताव सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेपनि अघिल्लो कार्यसमितिबाट हस्तान्तरण हुनुपर्ने आयव्यय विवरण र मौज्दात रकम बुझबुझारथ हालसम्म नहुँदा त्यसकै प्रतिक्षामा रहनपुग्दा ढिलो हुन गएकोमा क्षमायाचना पनि गरेको छ । 

     

    आगामी दिनमा भने त्रैमासिक रुपमा सबै विवरण नियमित रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदै यस बिचमा संस्था अगाडि बढाउनकोलागी  सबैखाले साथ सहयोग र हौसला प्रदान गर्नुहुने जापानवासी नेपालीहरु, एनआरएनए आईसिसि प्रतिनिधि, एशिया प्यासिफिक, जापानमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, समाजसेवी, ब्यवसायी, पत्रकार सबैसबैमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ । आगामी दिनमा पनि एनआरएनए जापानको कामहरुमा यस्तै साथ र सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त पनि गरेको छ ।

     

    हालसम्मको आय ब्यय यसप्रकार रहेको छ(बिवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोला)

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार