जापानमा बाग्लुङका एक ४२ बर्षिय पुरुषको गत आईतवार (जनवरी २) निधन भएको छ ।बाग्लुङ जिल्लाको काठेखोला गाउॅंपालिका-५ बिहुँकोट कर्लिम स्थाई ठेगाना भई बिगत ११ बर्षदेखि जापानलाई कर्मथलो गराउॅंदै आउनु भएका नन्दलाल कॅंडेलको जापानको ह्योगो प्रान्तको ईतामी सी मा आफ्नै कोठामा हृदयघात भई असामयिक निधन भएको जनाईएको छ । श्रिमती सहित जापानमा दक्ष कामदार(कुक) को रुपमा रहेका कँडेलका नेपालमा दुई छोरा रहेका छन् । कँडेलको भोली शनिवार(जनवरी ८) जापानमै दाहसंस्कार हुने जनाईएको छ ।
(2).gif)
