मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाल मगर संघ जापानका पदाधिकारीद्वारा नेपाली राजदुताबास टोकियोका कार्यबाहक राजदुत अम्बिका जोशीसँग भेटघाट

गण्डकी पोष्ट पौष २२, २०७८ बिहीबार
  • 271
    SHARES
  • नेपाल मगर संघ जापानका पदाधिकारीद्वारा नेपाली राजदुताबास टोकियोका कार्यबाहक राजदुत अम्बिका जोशीसँग भेटघाट

    टोकियो, जापान ।  

    images

    नेपाल मगर संघ जापानको केन्द्रिय समितिले जापानको लागी नेपाल सरकारका कार्यबाहक राजदुत महामहिम अम्बिका जोशी ज्यु सँग दुताबासमै पुगेर भेटघाट गरेको छ । 

    भेटघाटको क्रममा नेपालीहरुको महान चाँड तथा मगर समुदायको मौलिक पर्व माघेसकराँति (माघेसंक्रान्ति) को अवसरमा नेपाल मगर संघ जापानले यही २०२२ को जनवरी २३ तारीख आईतबार को दिन आयोजना गरेको भव्य लांघाली साँझ सांगीतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भईदिन कार्यवाहक राजदुतलाई निमन्त्रणा पत्र बुझाईएको कुरा संघका अध्यक्ष ओम काउचा मगरले जानकारी दिनु भयो । 

    अध्यक्ष मगरले उत्साहित हुँदै भने - 'महामहिम ज्यु सँग सौहार्द रुपमा भेटघाट गर्यौँ । निमन्त्रणा पत्र दियौँ, उहाँले कोरनाको प्रतिकुल स्थिति सृजना नभए आउँछु भन्नु भएको छ ।'  त्यसैमा अध्यक्षले थपे - 'कार्यक्रमकै दिन दुईतिनवटा बुँदामा जापानको समसामयिक समस्याहरुको बारे नेपाल सरकारको (दुतावासको) ध्यानाकर्षण गराउँने गरी ज्ञापनपत्र पनि महामहिम ज्युलाई बुझाउँने हाम्रो सोँच छ ।' 

    भेटघाटमा नेपाल मगर संघ जापानको तर्फबाट अध्यक्ष ओम काउचा मगर, विदेश प्रमुख सुनिता श्रीष् मगर, कोषाध्यक्ष भिक्टर ठाडा मगर, वरिष्ठ सल्लाहकार थानु राना मगर र सल्लाहकार रित राना मगर सहभागी थिए ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार