टोकियो,जापान ।
एनआरएनए जापानको २०२१-२३ कार्यकालको समितिले पुर्णता पाएको छ । कार्यसमितिको बिहीवार टोकियो स्थित एनआरएनए जापानको कार्यालयमा बसेको बैठकले मनोनित गर्नुपर्ने एक प्रवक्ता तथा पाँच खुला सदस्यहरु ,एक विद्यार्थी र एक महिला सदस्य मनोनित गरी समितिलाई पूर्णता दिईएको महासचिब सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
समितिको प्रवक्तामा सुवास लामिछाने मनोनित हुनुभएको छ भने खुला सदस्यहरुमा मनोज श्रेष्ठ ,कमल बास्तोला, सचिन आचार्य,अच्युत लोहनी र कर्साङ तामाङ् रहनुभएको छ । त्यस्तै विद्यार्थीबाट अजय राना र महिलाबाट सुनिता श्रीस मगर मनोनित हुनुभएको महासचिब श्रेस्ठले बताउनुभयो ।
(2).gif)
