गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानमा निवर्तमान कार्यसमितिका केही व्यक्तिहरुको तर्फबाट संस्थाको दुरुपयोग गर्न खोजेको भन्दै कडा शब्दमा चेतावनी जारी गरेको छ ।
एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरि समानान्तर गतिबिधी गर्न खोज्नु संस्थागत चेतनास्तरको अभाब हो भन्दै एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल महासचिब सिद्धार्थ श्रेष्ठ लगायत १२ वटै क्षेत्रिय संयोजकहरुले संयुक्त रुपमा मंगलवार एक बिज्ञप्ती सार्वजनिक गरेका छन् ।
निर्वाचनमा पराजित केही प्रत्याशीहरूले निर्वाचन नतीजा आफ्नो अनुकूल नआएपछी पछिल्लो समय केही भ्रमात्मक बिबादको सिर्जना गरि सम्मानित अदालतको आदेशलाई समेत अवज्ञा गर्दै आफैबाट बिगठन गरेको कार्यसमितिलाई मनमानी तरिकाबाट निर्वाचन परिणामको धज्जी उडाउदै संकीर्ण सोचका साथ मनोमानी गरेको भनी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
जापानबाशी नेपालीहरुलाई यस्तो गतिबिधीको भ्रममा नपर्न अनुरोध पनि गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान र यस अन्तर्गत रहेका क्षेत्रिय समितिहरूले संयुक्त रूपमा घोर भर्त्सना गर्दै यस्ता गतिबिधी तुरुन्त बन्द गर्न चेतावनीको भाषामा अनुरोध समेत गरेका छन् ।
केहिदिन अघि निवर्तमान कार्यवाहक अध्यक्ष अनिता गुरुङ् लगायतले एनआरएनए जापानको निर्वाचित कार्यसमिति नमान्ने भनि आफुहरुनै आधिकारिक रहेको दावी सहित एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी विज्ञप्ति सार्वजनिक गरेका थिय।

(2).gif)
