अनेसास जापानको(२१-२३)कार्यसमितिको पहिलो बैठकले दुई वर्षे विविध कार्ययोजनाहरू तथा १८ बुँदे प्रस्तावमाथि विशेष छलफल गर्दै विभिन्न निर्णयहरू पारित गरेको छ।
संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष( संरक्षक)हरूको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो। बैठकले गिरिजा गैह्रेको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिलाई विशेष धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई पनि स्वागत गरेको छ।
बैठकमा अध्यक्ष रविन शर्माले प्रस्ताव गर्नुभएका तीन जना सर्जकहरूलाई सदस्यमा मनोनित गर्दै कार्यसमितिमा भित्र्याएको छ। मनोनयनमा पर्नुभएका सदस्यहरूमा सरिता चौधरी, मोहन खतिवडा र इन्दिरा कोइराला रहनुभएको छ। साथै बैठकले आगामी जनवरी १ तारिख ढाकाटोपी दिवसको सन्दर्भ पारेर विशेष साहित्यिक कार्यक्रम पनि सम्पन्न गर्ने गरी तयारी अगाडि बढाउने निर्णय गरेको छ।
बैठकको सहजीकरण महासचिव शरद पोख्रेलले गर्नुभएको थियो ।


(2).gif)
