कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिभिन्न देशमा फैलिन थालेपछी जापान सरकारले यसको रोकथामका लागि नोभेम्बर ३० तारिखबाट पुन: विदेशीको प्रबेशमा अस्थाई रोक लगाएको छ ।
तरपनि रि-इन्ट्रीकोलागी भने प्रबेशमा कुनै रोक लगाएको छैन । नयाँ भिषा बाहकको प्रवेशबारे जापान सरकारले गरेको निर्णय सम्बन्धित ठाउँमा पुग्न नसकेर हो कि किन हो हिमालयन एयरलाइन्सबाट मलेसियाको एयरपोर्ट सम्म पुगेका दर्जनौं नेपालीको बिचल्ली परेको बारेमा सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी भएको छ ।कुन पक्षको गल्तिले गर्दा यस्तो समस्या निम्तियो भन्ने एकिन हुन सकेको छैन । वास्तबिकता जे होला तर यस् बारेमा सोही उडानमा आउनुभएका बाग्लुङ समाज जापानका उपाध्यक्ष तथा खानागावा नेपाली कम्युनिटीका सचिब यमकान्त कंडेलले देखे भोगेका कुरा यसरी लेख्नु भएको छ । (उँहाको रि-इन्ट्री भएकोले हाल जापान पुग्नुभएको छ )
नेपाल बाट जापान फर्किदै गर्दा
हिजो मलेशियामा जे देखियो !!
हामी नेपालीको बैदेशिक नीती
कती कमजोर छ, स्पस्ट बुझ्न सकिन्थ्यो !
एयरलाइंसको सामान्य लापरबाहीले गर्दा
नयाँ डिपेन्डेन्ट भिशा बोकेर जापान आउदै
गर्नु भएका २६ जना
(बिहान १२ जना, बेलुकी १४ जना)
भाई एवं धेरै जसो बहिनीहरू र एक नाबालक
(१८ महिनाको) बच्चाले अनायासै दुख पिडा
भोग्नु परिरहेको थियो ।
आफ्ना सँग भेट हुने साथै भविष्यको मिठो
सपना बोकेर नेपाल बाट हिड्दै गर्दा कती
खुशी देखिन्थे सबै जना, मलेशिया बाट पनी
त्यो खुशी केही रूपमा थपिदै थियो किनकी
४ जना बहिनीहरूले बोर्डीङ पास पाई सक्नु
भएको थियो ति चार जना बहिनीहरूलाई
नरोकीएको देखे पछी बिहानै देखी केही राम्रो
रिज़ल्ट कुरेर बसेका सबै अली खुशी देखिन्थे..
तर त्यो खुशी एक घन्टा पनी टिक्न सकेन !!
अचानक त्यहाँका अफिसरहरूले नयाँ भिषालाई
होल्डमा राखिएको जानकारी गराए सँगै अबस्था
अली असहज बन्दै गयो !!
बिहान देखी केही समाधान खोजीरहेका
धेरैजसो निर्दोश आखाहरू भिजेका देखिन्थे !
हिडेको गन्तव्यमा पुग्न नपाउदा दुख लाग्नु
स्वभाविक नै हो तर उनीहरू आफूहरूलाई
बिच बाटोमा बिचल्ली पारिएको र सबै
तिर बाट बेवास्ता जस्तै गरिएकोमा अझै
दुखि भएको बताई रहेका थिय ।
बिहान देखी रोकिए मध्यकी एक जना
बहिनीले सम्बन्धित सबै निकायमा बारम्बार
सम्पर्क गरी कुरा गरिएको तर कसैले पनी
कुनै समाधानको बाटो नखोजीदिएकोमा
१८ महिनाको बच्चा काखमा च्यापेर बिलौना
गर्दै थिईन । मैले सान्त्वना दिनु बाहेक केही गर्न
सकिन ।
ज़िन्दगी मा पहिलो पटक आफ्नै आखा अगाडी
समस्यामा परेकाहरूलाई आफूले चाहेर पनी
केही गर्न नसक्दा अत्यन्तै शर्मिन्दा महशुस भयो ।
कीनकी समस्या अली ठुलै थियो, उनीहरूलाई
बस्ने होटलको आबस्यकता थियो, पैसाको मात्रै
नभएर खाने चिजहरूको आबस्यकता थियो,
कोभिडकै कारणले एयरपोर्ट पनी लगभग
८०% बन्द नै थियो)
समयमा कित जापान जान पाउनु पर्यो कीत
समयमै नेपाल फर्किन पाउनु पर्यो यो उहाँहरूको
पहिलो प्राथमिकता थियो । सम्बन्धित निकाएले
बेवास्ता गरिदीदा समस्या बढ्दै गइरहेको थियो ।
गल्ती कस्को ??
गल्ती पुर्ण रूपमा एयरलाइंसको देखिन्छ ।
कीनकी बिहान मलेसिया पुगेका १२ जनालाई
होल्डमा राखिएको खबर थाहा पाउदा पाउदै
फेरी त्यही भिषा बोकेर हिडेका अरू १४ जनालाई
मलेशिया पुर्याएर बिचल्ली पार्नु दुखद हो ॥
#हिमालयन_एयरलाईन्स_को_काम_छैन
(लेखकका कुरालाई जस्ताको त्यस्तै अनुमतिमा साभार गरिएको हो )
(2).gif)
