मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानले सबै विदेशी आगन्तुकहरूको प्रवेशमा मंगलवारबाट अस्थायी प्रतिबन्ध लगाउँदै

गण्डकी पोष्ट मंसिर १३, २०७८ सोमबार
  • 818
    SHARES
  • जापानले सबै विदेशी आगन्तुकहरूको प्रवेशमा मंगलवारबाट अस्थायी प्रतिबन्ध लगाउँदै

    टोकियो, जापान ।  

    images

    जापानले विदेशीको प्रवेशमा नोभेम्बर ३० तारिख मंगलबारदेखि प्रतिबन्ध लगाउने भएको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सम्भावित खतरालाई मध्यनजर गर्दै विदेशीमाथि अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरिएको हो ।

    जापानले हालै मात्र विदेशी विद्यार्थी, व्यवसायी र प्राविधिक तालिम लिनेका लागि यात्रा सहज बनाएको थियो । कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि जापान पछि हटेको हो ।
    प्रधानमन्त्री किशिदा फुमियोले सोमबार नयाँ मापदण्ड सार्वजनिक गरेका हुन् । उनले आपत्कालीन उपायको रूपमा विश्वका सबै विदेशीहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताए । देशमा खराब अवस्था आउन नदिने उद्देश्यले यो कदम चालिएको उनको भनाइ छ । “हामीले यस देशमा खराब अवस्था नआओस् भन्ने लक्ष्य राखेका छौँ,” उनले भने ।

    प्रधानमन्त्री किशिदाले यी उपायहरू अस्थायी हुने बताएका छन् । विज्ञहरूले नयाँ भेरियन्ट कति खतरनाक छ भनी नबुझ्दासम्म यो मापदण्ड लागु हुने उनले उल्लेख गरे ।

    उनले नामिबियाबाट आएका एक व्यक्तिमा देखिएको संक्रमण नयाँ भेरियन्ट हो या होइन भन्ने बारेमा अधिकारीहहरूले अनुसन्धान गरिरहेका जानकारी दिए ।

     जापानको नेसनल इन्स्टिट्युट अफ इन्फेक्सियस डिजिजले डब्ल्यूएचओलाई पछ्याउँदै ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा राखेको छ । उसले यो भेरियन्ट बढी संक्रामक हुन सक्ने चिन्ता व्यक्त गर्दै बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार