टोकियो, जापान ।
एनआरएनए जापानको २०२१-२३ कार्यसमितिले निर्वाचित भै सपथ लिई एक सय दिनमा पुरा गरेका कामहरुको सुची सार्वजनिक गरेको छ।
बिभिन्न बिवाद, झमेला, अवरोधका बाबुजुत र आर्थिक हिसाब किता बुझ बुझारथ नगर्दा पनि एक सय दिनमा के के काम गर्न सफल भयौ भनी महासचिब सिद्धार्थ श्रेष्ठले सार्वजनिक गर्नुभएको छ ।
महासचिब श्रेष्ठले बुधबार आफ्नो सामाजिक सन्जाल मार्फत एक दर्जन बढी प्रत्यक्ष देखिने र अनुभव गरिने गरी काम गरेको बताउँदै अगाडि लेख्नु हुन्छ “साथिहरूले महिले मत दिए एक पटक सम्झिदैन भन्नु पनि हुन्छ। तर काम बिशेष नपरी किन डिष्ट्रव गर्नु भन्ने पनि लाग्छ। बरू महिले मत दिए अनुसार कस्ले कति काम गरेको छ भनेर मुल्याङकन गरिदिनु भयो भने अझ काम गर्न प्रोत्साहन मिल्ने थियो होला।”
श्रेष्ठले सार्वजनिक गर्नुभएको एक सय दिनका कामहरु बुँदागत रुपमा यसप्रकार रहेका छन् ।
👉 झन्डै तिन हजार भन्दा बढी नेपालीलाई 𝑵𝑹𝑵𝑨 को सिफारिसमा कोभिड-१९ बिरूद्धको भ्याक्सिन लगाऊन सफल।
👉 𝑵𝑹𝑵𝑨 जापानको पहलमा सुरू गरिएको 𝑰𝑯𝑵𝑶 छात्रवृत्तीलाई निरन्तरता दिदै आगामी दुई बर्षका लागी तोकिएको मापदण्ड भित्र परेका ५० जना नेपाली विद्यार्थीहरुलाई मासिक तिन मानको दरले बितरण गराउन सफल।
👉 𝑵𝑹𝑵𝑨 𝑫𝑨𝒀 कार्यक्रम मार्फत १२ जना असहाय बालबालिकालाई गोल्डेल ईन्टरनेसनल बोडिङ्ग स्कुलमा एक बर्ष सम्म लाग्ने सम्पुर्ण खर्च, खाजा र जाडोमा लगाउने लत्ता कपडाको ब्यबस्था गर्न सफल।
👉 एमबिसी कप क्रिकेटमा जापानमा रहेका नेपाली खेलाडीलाई सम्पुर्ण खर्च बापत उहाहरूले माग गरेको रकम सहयोग गर्न सफल।उक्त प्रतियोगितामा नेपाल लगाएत ईङ्ल्याण्ड, अष्ट्रेलिया, ईन्डिया, न्युजरल्याण्ड, पाकिस्तान, बंगलादेश र श्रीलंका सहभागीता रहेको थियो।
👉 कोभिड-१९ बाट कसरी सतर्कता हुने र पछिल्लो अबस्था बारे जनचेतना मुलक कार्यक्रम।
👉 इन्डोनेशियामा सोही देशकी एक युवती संग आफुहरू मलेसियामा रहदा प्रेम बिबाह गरि बसाई सरी ईन्डोनेसिया पुगे पछि अबैध बिबाह र भिजा नभएका कारण नेपाली दुई लाख जरिवाना तिर्न नसक्दा एक दशक देखी जेल जीवन बिताई रहेका एक गरिव परिवारका नेपाली युवकलाई छुटाउनको लागी आर्थिक संकलन गर्न सफल,छुटाउने प्रकृया सुरू गरिएको छ।
👉 जापानमा आफ्ना सन्तान सम्पर्क बिहिन भएकोले खोजि गरिदिन र कस्तो अबस्थामा रहेको भनि परिवारजनले 𝑵𝑹𝑵𝑨 जापानलाई गरेको अनुरोध अनुसार एक पुरूष र दुई महिलाको खोजी गरी परिवारलाई उहाँहरुको अबस्था अनुसार जानकारी गराउन सफल।
👉 पार्कमा ब्यवारिसे अबस्थामा बस्दै आएका केही नेपालीलाई नेपाल पठाउन वा ब्यबस्थापन गर्न सफल।
👉 जापानमा रहेका नेपालीको पारिवारिक र ब्यवासायमा देखिका बिबादहरू (झन्डै दर्जन बढी) 𝑵𝑹𝑵𝑨 कार्यालयमा राखेर मिलाउन सफल।
👉 कोभिड-१९ को कारण हवाई उडान प्रभावित हुदा नेपालीहरूको महत्वपूर्ण डकुमेन्ट, औषधि र उपचार सामाग्री पठाउन र ल्याउन सफल।
👉 नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको शुभकामना आदन प्रदान कार्यक्रम गर्न सफल।
👉 नेपाल सरकारको परराष्ट्र मन्त्रिलाई जापानमा नेपालीहरूको समस्या लगाएत हवाई उडानको टिकटमा भएको चर्को मु्ल्यबृद्धी सम्बन्धि ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाउन सफल।
👉 आत्महत्या रोकथाम सम्बन्धित अनलाईन प्रशिक्षण कार्यक्रम।
👉 भुकम्प सम्बन्धित पुर्व तयारी सुरक्षाको जानकारी मुलक कार्यक्रम
👉 𝑵𝑹𝑵𝑨 मेरो साथि कार्यक्रम मार्फत प्रत्येक महिना एउटा जानकारी मुलक कार्यक्रम।
👉 अन्य बिभिन्न कार्यक्रममा सहभागिता ,खेलाडीहरूको स्वागत, अन्त्येष्टिमा सहभागिता, नेपालीहरूको बिभिन्न समस्यामा हस्पिटल, पुलिस स्टेशन, नेपाली दुताबास, ईमिरग्रेशन लगाएतमा प्रत्यक्ष सहभागिता।
(2).gif)
