टोकियो,जापान ।
एनआरएनए जापानले हरेक महिना एक शृङ्खला संचालन गर्ने उद्घोष गरेको ” एनआरएनए मेरो साथी” कार्यक्रमको दोश्रो शृङ्खला हुने भएको छ ।
अभियानको दोश्रो श्रृङखला यही नोभेम्बर २० तारिख “जापानमा नेपाली ब्यबसायको अवसर र चुनौती” विषयक विशेष कार्यक्रम आयोजना गर्नलागिएको एनआरएनए जापानका सचिब श्याम सितल श्रेष्ठले जानकारी दिनुभयो ।
व्यापार ब्यबसायको अबसर कस्तो छ ?ब्यबसाय शुरू गर्दा के के कानुनी प्रावधान रहेको छ ? ब्यबसाय शुरू गर्न शुरूमा कती लगानीको आवश्यक पर्छ? लगायत बिबिध विषयहरुमा अनुभवी तथा बिषय बिज्ञहरुसँग अन्तरङ्ग छलफल सहितको कार्यक्रम गर्न लागिएको सचिब श्रेष्ठले जानकारी दिनुभयो ।
जापानका सफल व्यवसायी र यहाँका व्यावसायिक संगठनका नेतृत्वसंगको छलफलको यस शृंखलामा सहभागिको रूपमा जापानका सफल व्यवसायी तथा एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठ, एभेरेष्ट ईनटरनेशनल एकेडेमिका प्रोपाईटर नारायण सूबेदी, नेपाल व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, सफल व्यवसायी अरुण श्रेष्ठ र सफल व्यवसायी ददीवल खड्का रहनुहुने जनाईएको छ ।
अभियान अन्तर्गत जापानबासी नेपालीहरुलाई दैनिक जीवन यापनमा सहज बनाउन र भबिष्य निर्माणका लागी जापानमा भएको अबसर र त्यसको चुनौतीहरुका बिषयमा सबैमा सु सुचित गराउने मुख्य उद्देश्यका साथ हरेक महिना एउटा प्रभावकारी कार्यक्रम गर्नेगरी अक्टोबरबाट सुरुवात गरिएको जनाईएको छ ।
भर्चुअल माध्यमबाट हुने कार्यक्रमलाई जापानबाट संचालित बिभिन्न अनलाइनहरुले प्रत्यक्ष प्रसारण गर्ने बताईएको छ । कार्यक्रम गण्डकीपोष्ट डट कमको फेसबुक पेजबाट पनि प्रसारण हुनेछ ।

(2).gif)
