जापान,टोकियो ।
नेपाल पत्रकार महासंघ जापानको आयोजनामा जापानमा क्रियाशिल संघ संस्थाका अध्यक्षहरु तथा सरोकारवालाहरु सँगको अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कोरोना संक्रमणले जापानमा रहेका नेपाली समुदायमा परेको प्रभाव र समिक्षा एवं आगामी कार्ययोजनाका बिषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।
बिदेशमा संयुक्त लगानीका ब्यबसाय र आर्थिक लेनदेनका समस्या र समाधानका उपाय सहित सफल ब्यवसायी ददिवल खड्काले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । खड्काले पछील्लो समय कोभिडले समस्या सिर्जना गरेको अवस्थालाई मध्यनजर गरी जापान सरकारले ब्यवसायिलाई ब्यवसायमा टिकाईरहन प्रदान गरेको राहात रकमले संयुक्त लगानी गर्नेहरुमा खट्पट् सिर्जना भएको तथा कतिपय राहतको कार्यक्रमको बारेमा थाहै नभएको पनि कार्यपत्रमा उल्लेख गर्नुभएको थियो । कार्यपत्र माथि नेपाली ब्यवसायी संघका अध्यक्ष बिजय थकाली बाग्लुङ समाजका अध्यक्ष प्रेम कंडेल लगायतले टिप्पणी सहितका धारणा राख्नु भएको थियो । समय | त्यस्तै जापानमा बढ्दो आत्महत्या र रोकथाममा समुदायको दायित्व बिषयमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आनन्द कोइरलाले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि नेपाली विद्यार्थी समाजका अध्यक्ष अजय राना, तमुधी जपानका अध्यक्ष सौगात गुरुङ ,जनजाती महासंघ जपानका अध्यक्ष सन्जिब चाम्लिङ राई लगायतले टिप्पणी सहितका धारणा राख्नु भएको थियो ।
जापानिज भाषाका कारण समुदायका बिभिन्न क्षेत्रहरुमा भोग्नुपरेको समस्या र यस्ले पारेको प्रभावका बिबिध बिषयमा पत्रकार दीपक गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।समस्याको उठान मात्र होइन कि यी समस्याको समाधानका लागि गर्नसकिने उपायका बारेमा समेत पत्रकार गौतमले प्रष्ट पार्नुभएको थियो ।एनआरएनए जापानकी सचिब एलिजा केसिले जापानमा महिलाका समस्या र समाधानका उपाय सहितका धारणा सँगै जापानिज भाषाका कारण जापानको नेपाली समुदायका बिभिन्न क्षेत्रहरुमा भोग्नुपरेको समस्या र यस्ले पारेको प्रभावका बारेमा पनि टिप्पणी सहित धारणा राख्नु भएको थियो पत्रकार लक्ष्मी पौडेलले र तामाङ् समाज जापानको अध्यक्ष रुबिना तामाङ्ले जापानमा महिलाले अस्पातल ,कार्यक्षेत्र, सार्वजनिक क्षेत्रहरुमा भोग्नुपरेका समस्या र समाधानका उपाय सहितका धारणा राख्नुभएको थियो ।भने जापानमा संघ संस्थाको गठन र सक्रियताको बारेमा पत्रकार महासंघ का अध्यक्ष मोहन घलेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै नेपाली राजदुताबास टोकियोका तृतिय सचिब प्रेम बरालले जतिपनी जापानमा रहेका नेपालीका समस्या छन् ति समस्याको सामाधानमा दुताबास सिमित जनशक्तिका बिच लागिपरेको भएपनी सिमित जनशक्तिले प्रभावकारी कार्यसम्पादनमा स्वयम दुताबासले समस्या झेल्नुपरेको पनि बताउनुभएको थियो । प्रस्तुत भएका कार्यपत्रमाथि तथा उठेका टिप्पणी र धारणा प्रती जिम्मेवार निकायको हैसियतले जापानमा रहेका नेपालीको समस्याको समाधान सबै संघ संस्था र दुताबास मिलेर खोज्नु पर्ने पनि बताउनुभएको थियो ।
अन्तर्क्रियामा सुदूरपश्चिम समाजका अध्यक्ष पदम ठगुन्ना ,चितवन समाजका कार्यवाहक अध्यक्ष अर्जुन अधिकारी, कास्की पोखरा समाजका कार्यवाहक अध्यक्ष सन्देश अधिकारी, कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाही ,पाल्पा समाजका अध्यक्ष सागर ज्ञवाली लगायतले बिभिन्न बिषयमा बिचार राख्नु भएको थियो । कार्यक्रममा जापानमा क्रियाशिल दुई दर्जन बढी संघ संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्षको अध्यक्षता तथा सदस्य बिश्वास आचार्यको सहजिकरणमा सम्पन्न भएको थियो ।









(2).gif)
