टोकियो,जापान।
गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद , जापानको बिवाद उत्कर्षमा पुगेको छ । एनआरएनए जापानको कार्यालय अनुमतीबिना प्रयोग गरेको र ठुलो मात्रामा रकम दुरुपयोग गरेकोे आरोप नवनिर्वाचित समितीले लगाएको छ । एकदिन पहिले आईतबार असन्तुष्ट पक्षले एनआरएनएको कार्यालयमा बैठक बसी एनआरएन जापानको निर्वाचन धाँधलीपुर्ण भएको भनी निर्वाचन रद्द गर्न माग गरेको थियो ।
१० औं महाधिबेशनबाट निर्वाचित भई आधिकारिक रुपमा २०२१-२०२३ कार्यकालको सुरुवात भइसक्दा पनि निवर्तमान कार्यसमितिको अध्यक्ष एवं महासचिब ले बुझ - बुझारथ गरिसकेको अवस्थामा केन्द्रिय समितिको कार्यालयमा बिना जानकारी छापामार शैलीमा प्रबेश गरेको विषयप्रति केन्द्रिय कार्यसमिति र क्षेत्रीय समितिकोहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष शिव प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यसमिति गठनको निमित्त निर्वाचन प्रकृयामा सहभागी भई सहयोग गर्नु हुने सम्पूर्ण गैर आवासीय नेपाली संघ , जापानमा आबद्ध महानुभाबहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
जापानमा दर्ता भएर संचालन भएको संस्था एनआरएनए जापान यहाँको कानुन अनुरुप संस्थाको कोष दुरुपयोग गरेको आरोपमा निवर्तमान कोषाध्यक्ष विरुद्ध मुद्धा गर्ने पनि जनाईएको छ ।
यस्ताे छ बिज्ञप्ती

(2).gif)
