बागलुङ गलकोटकी एक महिलाको जापानमा निधन भएको छ
बागलुङको गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डपखानी स्थायी घर भई हाल जापानको आईची प्रान्तको नागोया बस्ने बेलु पुन मगरको कोरोना भाईरस संक्रमणका कारण निधन भएको छ ।
स्रोतका अनुसार, उनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि,कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पोजेटिभ देखिएता पनि उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने पनी बताइएको छ ।
मृतक पुन पारिवारिक भिषा(डिपेन्डेन्ट) हुन् भने मृतकका श्रीमान दक्ष कामदार भिसामा जापानमा कुक पेशामा आवद्ध छन् त्यस्तै ३ जना छोराछोरी पनी रहेका छन् ।
मृतक बेलुले काम गर्ने, नागोयाकै एक भेजिटेबल प्रशोधन तथा प्याकेजिङ कम्पनीमा अरु थुप्रै नेपालीहरु पनि कोरोना संक्रमित भएको हुन सक्ने बताइएको छ । मृतक पुन मगरको शनिबार नागोयामा नै अन्त्यष्ठी गरिने भएको पारिवारिक श्रोतले जानकारी गराएको छ ।
(2).gif)
