जपानको फुकुओका सिटिमा बसोबास गर्ने नेपालीहरुलाई मध्यनजर गर्दै लिभिङ्ग सर्पोट सम्बन्धी सेमिनार आयोजना हुने भएको छ । फुकुओका स्थित रहेको नेपाली बाणिज्य दुताबास र एनआरएनए क्युस्युको आयोजनामा अक्टोबर १४ तारिख बिहिबार साझ ५:३० बजे बाट कार्यक्रमसुरु हुने बताइएको छ ।
फुकुओका सिटी, फुकुओका योकातोपिया जाईदान र फुकुओका अध्यागमन ब्युरोको सहकार्यमा उक्त कार्यक्रम् आयोजना गर्न लागिएको एनआरएनए क्युस्युका संयोजक अर्जुन थापाले जानकारी गराउनु भयो ।
कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोका बिद्यार्थी भिषा इन्चार्ज, वोर्किंग भिषा इन्चार्जहरुले भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ। त्यस्तै, भिषा सम्बन्धि आफ्नो समस्या बारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न गर्न समेत सकिने व्यवस्था रहेको बताइएको छ।
सेमिनार पश्चात भिषा सम्बन्धि बिशेष समस्या परेका १२ जनालाई छुट्टा छुट्टै व्यक्तिगत परामर्शको समेत व्यवस्था गरेको जनाईएको छ। जसका लागि गुगल फारामको कमेन्ट सेक्सनमा गई तपाइको आफ्नो समस्या लेख्नु पर्ने छ।
जम्मा एक सय जना मात्र सहभागि हुन सक्ने ब्यबस्था रहेको हुँदा समयमै सहभागीको लागि आबेदन गर्नुपर्ने हुन्छ । १०० जना पछि आबेदन आएमा कार्यक्रममा सहभागी नगराइने पनी जनाईएको छ । उक्त कार्यक्रम सम्बन्धि थप जानारीको लागि फुकुओका बाणिज्य दुताबास तथा एनआरएनए क्युस्युको ०९०-८४०७-१४०३ नम्बरमा सम्पर्कको लागि समेत अपिल गरेका छन ।
कार्यक्रम अक्टोबर १४ तारीख बिहीबार साझ ५:३० बजे बाट सुरु हुने भएतापनि कोरोनाको कारणले ब्यबस्थापन गर्नु पर्ने हुदा साझ ५ बजे भित्रमा उपस्थितिको लागि कार्यक्रम स्थलमा उपस्थित हुनको लागी अनुरोध पनी गरेकोे छ । कार्यक्रम फुकुओका एशियन आर्ट म्यूजियमको आठौं तलामा हुने जनाईएको छ ।
कार्यक्रममा सहभागी हुनको आवश्यक फर्म अनिवार्य भर्नुपर्ने हुँदा यहाँ पनि राखिएको छ।
(2).gif)
