मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानको बुझ बुझारथमा निवर्तमान अध्यक्ष र महासचिबले बुझ बुझारथ गरे भने निवर्तमान कोषाध्यक्षको भएन

गण्डकी पोष्ट भाद्र १९, २०७८ शनिबार
  • 1.1K
    SHARES
  • एनआरएनए जापानको बुझ बुझारथमा निवर्तमान अध्यक्ष र महासचिबले बुझ बुझारथ गरे भने निवर्तमान कोषाध्यक्षको भएन

    एनआरएनए जापानले आयोजना गरेको बुझ बुझारथ कार्यक्रममा निवर्तमान अध्यक्ष र महासचिबले बुझ बुझारथ गरे तापनि निवर्तमान कोषाध्यक्षले बुझ बुझारथ गरिनन्। 

    images

      २०१९-२०२१ कार्यसमिति को आर्थिक प्रतिवेदन बार्षिक साधरणसभामा पनि पेस भएन भने अधिबेशनमा पनि बैठकमा पास नगरी महाधिवेशनमा पेस गर्न खोज्दा बिबाद भए पनि पास हुन सकेको थिएन। 

      तत्कालिक प्रवक्ता तथा वर्तमान महासचिव सिद्धार्थ श्रेष्ठ ले आर्थिक स्पष्ट नभएको भन्दै प्रमाण सहित अध्यक्ष मण्डलमा छानबिन गर्न माँग गर्दै निबेदन दिए पनि अहिलेसम्म कुनै सुनाई भएको छैन। 

      अब भने बुझ बुझारथ नभएको बिषयलाई आईसिसि मार्फत बुझ बुझारथ गराउन अपिल गर्दै आईसिसि लाई निबेदन गर्ने र बुझ बुझारथ नगरे सम्म एनआरएनए जापानको केन्द्र देखी क्षेत्रको आयोजनामा हुने कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय समेत बैठकबाट गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार