मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानका प्रधानमन्त्री सुगाले एलडीपीको नेतृत्वको लागी चुनाव नलड्ने, पार्टी नेतृत्व परिवर्तन सँगै प्रधानमन्त्री पनी परिवर्तन हुने

गण्डकी पोष्ट भाद्र १८, २०७८ शुक्रबार
  • 495
    SHARES
  • जापानका प्रधानमन्त्री सुगाले एलडीपीको नेतृत्वको लागी चुनाव नलड्ने, पार्टी नेतृत्व परिवर्तन सँगै प्रधानमन्त्री पनी परिवर्तन हुने

    टोकियो,जापान।

    images

    जापानका प्रधानमन्त्री योशिहिदे सुगाले मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको आगामी नेतृत्वको चुनावमा भाग नलिने बताएका छन् । यसको मतलब सुगा यही महिनामात्र प्रधानमन्त्री हुने र अक्टोबरबाट जापानमा नयाँ प्रधानमन्त्री निर्वाचित हुनेछन्।

     सुगाले शुक्रवार एलडीपी अधिकारीहरुको एक बैठकमा भने “आगामी चुनावमा भाग लिने छैन र सम्पूर्ण ध्यान कोरोना भाइरस नियन्त्रण उपायहरुमा केन्द्रित गर्ने छु ।” एलडीपी नेतृत्वको चुनाव सेप्टेम्बर २९ तारीखको लागी तय भएको छ।

     सुगाले बिहीबार एलडीपीका महासचिव निकाई तोशिहिरोलाई भेट्दा आगामी नेतृत्वको लागी आफु इच्छुक नरहेको आशय व्यक्त गरेका थिए ।

     गत सेप्टेम्बरमा शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार