बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

नेपाली क्रिकेट प्रतियोगिता इतिहासमा सर्वाधिक पुरस्कार, इपिएल विजेताले ५० लाख पाउने

गण्डकी पोष्ट भाद्र १५, २०७८ मंगलबार
  • 176
    SHARES
  • नेपाली क्रिकेट प्रतियोगिता इतिहासमा सर्वाधिक पुरस्कार, इपिएल विजेताले ५० लाख पाउने

    नेपाली क्रिकेट प्रतियोगिता इतिहासमा सर्वाधिक पुरस्कार राशि घोषणा गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल)ले यस संस्करणको विजेताले पाउने पुरस्कार रकम सार्वजनिक गरेको छ ।

    images

    चौथो संस्करण अर्थात यस वर्ष आयोजना हुने इपिएलका विजेताले ५० लाख र उपविजेताले २५ लाख नगद प्राप्त गर्ने भएका छन् । अघिल्लो संस्करणको पुरस्कार राशिमा २५ लाख वृद्धि गर्दै इपिएल नेपाली क्रिकेट प्रतियोगिता इतिहासमा सर्वाधिक पुरस्कार राशिसहितको प्रतियोगिता बनेको छ । 

    कीर्तिपुरस्थित टीयू मैदानमा असोज ९ देखि २३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टोलीहरुले सहभागीता जनाउँदैछन् ।

    बजाज पल्सर मुख्य प्रायोजक रहेको प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि ललितपुर प्याट्रियर्टसले उचालेकाे थियाे । उपाधि रक्षा गर्न ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेकलाई टोलीलाई अनुबन्ध गरेको छ भने अन्य क्लबहरुले पनि विभिन्न राष्ट्रका उत्कृष्ट खेलाडीहरुलाई आ–आफ्नो टोलीमा भित्र्याई सकेका छन् ।

    यस सिजनको इपिएलमा पाकिस्तानी शाहिद अफ्रिदी, श्रीलंकाली दिनेश चण्डीमाल, अफगानिस्तानी मोहम्मद शाहजाद, मलेसियाली विरनदीप सिंह लगायत चर्चित खेलाडीहरु सहभागी हुने भएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार