टोकियो,जापान।
जापानमा प्रयोगमा आएको मोडेर्ना नामको खोपमा प्रदुषण देखिएपछी खाेप लगाउने कार्य रद्द गर्न निर्देशन गरीएको छ। जापान सरकारले कोरोना भाइरसविरुद्दको मोडेर्ना खोप प्रयोग नगर्न निर्देशन दिएको हो । तोकिएको भन्दा फरक पदार्थको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिइएको हो ।
मोडेर्ना खोपको जापान वितरक ताकेदा फार्मेसिटिकल कम्पनीका अनुसार उक्त ५ वटा प्रान्तको विभिन्न ठाउँमा वितरण भएको १६ लाख ३० हजार डोज खोप तत्काललाई नलगाउन निर्देशन दिइएको छ ।
जापानको आईची, गिफु,टोकियो, इबाराकी र साइतामा प्रान्तहरुमा वितरण भइरहेका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिसिएको जानकारी स्वास्थ्य मन्त्रालयले बिहीवार बिहान जानकारी गराएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार, एउटै लटमा एउटै कम्पनी (स्पेन)मा उत्पादन गरिएको उत्पादन गरिएका १६ लाख ३० हजार डोज खोप ३ वटा लट नम्बर सहित जापान आइपुगेको थियो ।
सबै खोपहरुमा मिसावट हो या केहि बोत्तलमा मात्र हो भन्नेबारी अनुसन्धान भइरहेको जनाइको छ । हालसम्म यो खोप लगाएका व्यक्तिहरुले स्वास्थ्य खरावी आएको घटना भने सार्वजनिक भएको छैन ।
(2).gif)
