टोकियो,जापान ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली राजदुताबास जापानसँगको सहकार्यमा एनआरएनए जापानद्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुने भएको छ ।
यही फेब्रुअरी १९ तारिख आईतवार बिहान १० बजे देखी साझ ५ बजेसम्म टोकियोको ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेश्नल स्कुलमा शिविर सन्चानल हुने बताईएको छ ।
जापानमा भाषाका कारण वा बिभिन्न समस्याले आफ्नो स्वास्थ्य चेक जाँच गर्न नसक्नु भएका र पछिल्लो समय आकस्मक घट्ने दुखद घटनाको न्यूनीकरण गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक तथा
एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
हामीहरु रोगले ग्रस्त भएर उपचार गर्नु भन्दा पनि आफ्नो स्वास्थ्य अबस्था बारे जानकारी हुनु महत्वपूर्ण कुरा भएको हुँदा आफ्नो स्वास्थ्य अबस्था थाह पाई सुवर्ण अवसरको लाभ लिनुहुन पनि संयोजक सुबेदीले बताउनुभयो ।
शिविरमा मुटु रोग विशेषज्ञ डा. सन्दिप शाक्य, दन्त चिकित्सक डा. सुप्रिय शाक्य, क्लिनिकल परिक्षण प्रबन्धक डा. सुबास अधिकारी, सामान्य तथा पेट र आन्द्रा रोग विशेषज्ञ
डा. ससीम पौडेल, नशा तथा टाउको सम्बन्धित रोग विशेषज्ञ डा. लुसुन चालिसे, रेडियोलोजी तथा नाभिकिय चिकित्सा विशेषज्ञ डा. सुमन श्रेष्ठ तथा नर्सहरु एलिजा के.सी. भण्डारी, सुजता अधिकारी र दृष्टि श्रेष्ठ लगायत अन्य स्वास्थ्य सेवकहरु रहनुहुने जनाईएको छ।
(2).gif)
