शुक्रबार, श्रावण २२ गते २०८३ Friday, 07 Aug, 2026
Follow Us on

Trending

परदेशबाट १३ कलाकारलाई एउटै गीतमा समेट्दै सूर्य खड्काको नयाँ तीज गीत सार्वजनिक(भिडियो सहित)

गण्डकी पोष्ट श्रावण १९, २०८३ मंगलबार
  • 109
    SHARES
  • परदेशबाट १३ कलाकारलाई एउटै गीतमा समेट्दै सूर्य खड्काको नयाँ तीज गीत सार्वजनिक(भिडियो सहित)

    जापानमा रहेर नेपाली गीत–सङ्गीतको क्षेत्रमा निरन्तर सक्रिय गायक सूर्य खड्काको नयाँ तीज गीत “माइतीमा दर खान कहिलेनी लेखेन” सार्वजनिक भएको छ।

    images

    परदेशको व्यस्त जीवनबीच गीत–सङ्गीतलाई निरन्तरता दिनु आफैँमा चुनौतीपूर्ण विषय हो। त्यसमाथि १३ जना चर्चित तथा नवआगन्तुक कलाकारहरूलाई एउटै गीतमा समेटेर सिर्जना गर्नु झन् कठिन कार्य हो। गायक सूर्य खड्काले उक्त चुनौतीलाई सफलतापूर्वक सामना गर्दै सामूहिक स्वरमा आधारित तीज गीत दर्शक तथा श्रोतामाझ ल्याउनुभएको हो।

    गीतमा सूर्य खड्का, ज्योति लोहनी, समिना खड्का लोहनी, ऋतु थापा मगर, सोना केसी, बाला दुरा, शिवा केसी, शान्ता जिसी, तनुजा शाही, पार्बती आचार्य, आरती परियार, अस्मिता लामिछाने, सबु भुसाल भण्डारी र रूपा भट्टको स्वर रहेको छ।

    गीतका शब्द शिव अखेलीले लेख्नुभएको हो भने संगीत सूर्य खड्काको रहेको छ।जापानमै खिचिएको गीतको भिडियोलाई गोविन्द बिष्टले खिच्नुभएको हो

    तीज पर्वको अवसरमा सार्वजनिक गरिएको यस गीतले विशेषगरी माइतीको सम्झनामा रहने प्रवासी नेपाली चेलीहरूको भावना अभिव्यक्त गरेको छ। साथै, अनुभवी र नवआगन्तुक कलाकारहरूलाई एउटै मञ्चमा उभ्याएर नेपाली गीत–सङ्गीतमा सहकार्य र एकताको सन्देश दिन खोजिएको देखिन्छ।

    “माइतीमा दर खान कहिलेनी लेखेन” बोलको यो गीत सूर्य खड्काको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ र दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार