मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अनेसास जापान च्याप्टरले नयाँ वर्ष २०२६ को अवसरमा ‘टोकियो कविता कन्सर्ट–३’ तथा नियमित साहित्यिक शृङ्खला आयोजना गर्ने

गण्डकी पोष्ट पौष १०, २०८२ बिहीबार
  • 294
    SHARES
  • अनेसास जापान च्याप्टरले नयाँ वर्ष २०२६ को अवसरमा ‘टोकियो कविता कन्सर्ट–३’ तथा नियमित साहित्यिक शृङ्खला आयोजना गर्ने

    ईस्वीको नयाँ वर्ष २०२६ तथा अनेसास दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले “टोकियो कविता कन्सर्ट–३” आयोजना गर्ने भएको छ। अनेसास जापानको नियमित साहित्य शृङ्खला अन्तर्गत तथा प्रत्येक कार्यकालको पहिलो कार्यक्रमका रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम आगामी ११ जनवरी २०२६, दिउँसो १:०० बजेबाट टोकियो ओकुबो स्टेशन नजिकै नेवा डाइनिङमा सम्पन्न हुँदैछ ।

    images

    नियमित साहित्य शृङ्खलाको  ७९ औँ अङ्कको यस कार्यक्रममा जापानलाई कर्मथलो बनाएर कविता लेखनमा सक्रिय रहेका कविहरू डिजी शर्मा, सुविन न्यौपाने कान्जीभाइ ,सविता भण्डारी, बलराम उपाध्याय र आदि पुरुषले आ- आफ्ना उत्कृष्ट कविताहरू वाचन गर्नेछन्। अनेसास जापानले गत वर्षहरूमा दुईवटा कविता कन्सर्टहरू सफल रूपले सम्पन्न गरिसकेको छ भने, विभिन्न समयमा विभिन्न विधाका कार्यक्रमहरू पनि सम्पन्न भैसकेका छन्। 
    आगामी कविता कन्सर्टको तयारीलाई तीब्र बनाउँदै बिभिन्न चरणमा कामहरू भैरहेको आयोजकले जनाएको छ। उत्कृष्ट काव्य साधना गरिरहेका पाँचै जना कविहरूले एकै मञ्चमा पालैपालो कविता प्रस्तुत गर्ने यस कन्सर्टमार्फत साहित्यिक सौन्दर्य र भावनात्मक अनुभूतिलाई सशक्त ढङ्गले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। 

    अनेसास जापानले नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको यस साहित्यिक कार्यक्रममा जापानमा रहेका नेपाली साहित्यप्रेमीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ भने कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार