जापानमा बसेर कविता लेख्नेहरुमा थप उर्जा प्रदान गर्ने र नव सर्जकहरुलाई कविता लेखनमा प्रेरित गर्ने उद्देश्यका साथ अनेसास जापान-सिटी एक्स्प्रेस साहित्य पुरस्कारको पाँचौं जापानब्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।
उत्कृष्ट तीन कविलाई जनही २५००० एन र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताको लागि बिषय र शिर्षक खुल्ला रहने छ । बढिमा २०० शब्द सम्मको कविता २०२५ मार्च ३१ तारिख सम्म nepaliwritersinjapan@gmail.com मा पुग्ने गरी पठाउन आह्वान गरिएको छ ।
जापानमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने कबिले सहभागिता जनाउन सक्ने प्रतियोगितामा यो प्रतियोगिता अन्तरगत बिगतमा उत्कृष्ट छनोट भैसकेका कबिले सहभागि हुन पाउने छैनन् । प्रतियोगिता सिटी एक्स्प्रेस मनि ट्रान्स्फरको प्रायोजनमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आयोजना गरेको हो ।
(2).gif)
