मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अनेसास जापान च्याप्टरको अध्यक्षमा अरुण पौडेल सहितको नयाँ कार्यसमिती सर्वसम्मत चयन

गण्डकी पोष्ट मंसिर २५, २०८० सोमबार
  • 551
    SHARES
  • अनेसास जापान च्याप्टरको अध्यक्षमा अरुण पौडेल सहितको  नयाँ कार्यसमिती सर्वसम्मत चयन

    जापानमा सक्रिय नेपाली संघ संस्थाहरु मध्येको एक अब्बल  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)जापान च्याप्टरको १३ औं अधिवेशन तथा ६७ औं नियमित साहित्य श्रृंखला सम्पन्न भएको छ । अधिबेशनले सर्वसम्मत रुपमा अरुण पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।

    images

     

    डिसेम्बर १० तारिख आइतबार टोकियोमा सम्पन्न अधिबेशनले २०२३-२०२५ कार्यकालका लागि पौडेल सहितको नयाँ कार्यसमिती सर्वसम्मतिमा चयन गरेको हो ।

     

    समितिको बरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारी चयन हुनुभएको छ भने  उपाध्यक्षहरुमा शरद पोखरेल र दीपा घिमिरे चयन हुनुभएको छ । महासचिवको जिम्मेवारी अनिल कुमार निर्दोषले पाउँदा सचिवको जिम्मेवारी मनोज मौसम केसी , केबी पारखी र संगीता कूँवरले पाउनुभएको छ । 

     

    दुई बर्षे कार्यकालका लागि कोषाध्यक्षमा मन्जु गिरी बन र सह-कोषाध्यक्ष सरिता चौधरी चयन भएको निर्वाचन समितिका दिप पाठकले जानकारी दिनुभयो ।

     

    सदस्यहरुमा नारायण पोखरेल, सरोज घिमिरे, बिनीसा सापकोटा, अज्ञात मान्छे, भगवती क्षेत्री, सुविन न्यौपाने कान्जीभाइ, यमलाल कँडेल, केशव ज्ञवाली, समर प्रेम र दुई जना सदस्यमा मनोनित गर्न बाँकी राखिएको छ ।

     

    जापानका लागि नेपाली राजदूत डा. दूर्गा बहादुर सुवेदी सहित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा दर्जन बढी विभिन्न साहित्यप्रेमीहरुले आ-आफ्ना रचना बाचन गर्नुभएको थियो  ।

     

    कार्यक्रम जापानमा नेपाली साहित्य, भाषा र संस्कृतिको प्रवर्धनमा  सहयोग तथा अनेसास जापानको अभियानमा सहकार्य गर्दै आएका एक दर्जन बढी पत्रकार सहित विभिन्न व्यक्तित्वहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

     

    कार्यक्रम २०२१-२३ कार्यकाललाई स्वर्णिम बनाउन कुशल नेतृत्व गर्नुहुने रविन शर्माको अध्यक्षता र सरद पोखरेलको सहजिकरणमा सम्पन्न भएको थियो ।

     

     

     

  • सम्बन्धित विषय:

  • # अनेसास जापान
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार