शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

अनेसास जापान च्याप्टरले इस्वी संवत् २०२२,राष्ट्रिय टोपी दिवस तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको रुपमा पहिलो पटक टोकियो कबिता कन्सर्ट सम्पन्न

गण्डकी पोष्ट पौष १८, २०७८ आइतबार
  • 817
    SHARES
  • अनेसास जापान च्याप्टरले इस्वी संवत् २०२२,राष्ट्रिय टोपी दिवस तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको रुपमा पहिलो पटक टोकियो कबिता कन्सर्ट सम्पन्न

    टोकियो,जापान ।  

    images

    अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)जापान च्याप्टरले इस्वी संवत् २०२२ को अवसरमा टोकियोमा ६१ औँ नियमित साहित्य शृङ्खलाको रुपमा पहिलो पटक आयोजित टोकियो कबिता कन्सर्ट सम्पन्न गरेको छ ।राष्ट्रिय टोपी दिवसको अवसरमा पाँच कविहरु दिप पाठक,मञ्जुल मितेरी,शेखर विकल्प,सयपत्री थुलुङ् र बिनोद आचार्यले आ-आफ्ना कबिताहरु प्रस्तुत गर्नुभएको थियो । कबितामा वाद्यवादकहरु हिरा शिरिषले बाँसुरी र धन पुनले सारंगीको मधुर धुनले कबिहरुलाई साथ दिनुभएको थियो । 

     

    पाँच कबिहरुले पाँच/पाँच कबिता प्रस्तुत गर्नुभएको सो कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माईला, नेपाल पत्रकार महासंघका जापान शाखाका  अध्यक्ष मोहन घले, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल,अनेसास जापानका निर्वतमान अध्यक्ष गिरिजा गैरे, नेपाली भाषा तथा संस्कृतीका अध्यता जापानी नागरिक हारुहितो नोजु लगायत जापान स्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी एवं साहित्य प्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम अनेसास जापानका अध्यक्ष रबिन शर्माको अध्यक्षता र महासचिव शरद पोख्रेलको सहजिकरणमा सम्पन्न भएको थियो । 
    36A4DBED-EC9A-43C7-A784-5A0BCB030A04.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार