आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।
नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए।
बिदेशमा रहेर पनि टीकाको साईत खोज्नेहरुका लागी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैको साईत जुर्याइदिएको छ । बिभिन्न देशमा रहने नेपालीहरुको मागको आधारमा सोही देशको समय अनुसार साईत रहेको जनाईएको छ । जापानमा रहेर टीकाको साइत खोज्नेहरुकालागी टीका लगाउने उत्तम साईत अक्टोबर १५ तारिक बिहान ११:०५ बजेको रहेको उल्लेख गरिएको छ ।
त्यस्तै अष्ट्रेलियाको सिड्नीको लागी बिहान १०:२५ बजे मेलबर्नको लागी बिहान १०:३१ बजे , अमेरिकाको न्यूयोर्कका लागि बिहान ९:१५ बजे टेक्सासका लागि बिहान ८:१५ बजे टिकाको उत्तम साइत रहेको जनाईएको छ ।
समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिहान १०:२ बजे रहेको छ। यस्तै‚ भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९:५५ बजे उत्तर साइत रहेको छ।
आजको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
साइत टिकाको निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको भएपनि दिनैभर आफ्नो अनुकूल समयमा टिका लगाउन सकिने पनि बताईएको छ ।
कुन देशमा कति बजे उत्तम साइत?

(2).gif)
