मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

गण्डकी पोष्ट भाद्र ६, २०७८ आइतबार
  • 239
    SHARES
  • ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

    ल्वाङ मसलाको रुपमा मात्र नभई विभिन्न औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ ।

    images

    जसको प्रयोग गर्दा सामान्य समस्याका कारण दुखाई वा पीडा लिएर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

    ल्वाङको प्रयोगले दाता दुखेको, रुघा ज्वरो आएको, मुखमा घाउ आएको, टाउको दुखाइ लगायतका समस्या समाधानका लागि निकै फाइदाजनक हुन्छ ।

    कसरी गर्ने प्रयोग ?

    रुघा र ज्वरो : यसका लागि एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने ।

    जुका : जुका परेको छ भने ३–४ वटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर ३–४ दिन खाने ।

    टाउँको दुखाई: १० वटा ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्ने ।

    मुखमा घाउः मुखमा घाउ भएको खण्डामा ३–४ दाना ल्वाङ मुखमा लिने

    दात दुखे : ४–५ वटा ल्वाङ पिस्ने र कागतिको रसमा मिसाएर दुखेको दातमा लगाउने ।

    पेटको ग्यास : पेटमा ग्यास भरिएमा एक कप पानीमा ३ वटा ल्याङ पिसेर हाल्ने र मनतातो पानी खोन यसो गर्दा ग्यासको समस्याबाट मुक्ति पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार