मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

तीजको अवसरमा सूर्य खड्काको तीज गीत ‘पिर नलेऊ आमाले’ सार्वजनिक(भिडियो सहित)

गण्डकी पोष्ट श्रावण ७, २०८३ बिहीबार
  • 619
    SHARES
  • तीजको अवसरमा सूर्य खड्काको तीज गीत ‘पिर नलेऊ आमाले’ सार्वजनिक(भिडियो सहित)

    तीजको अवसर पारेर गायक सूर्य खड्काको तीज गीत ‘पिर नलेऊ आमाले’ सार्वजनिक भएको छ। गीतले विवाहपछि श्रीमानसँग परदेशमा रहेकी छोरीले आफ्ना आमा–बुबालाई मेरो चिन्ता नगर्नुस्, यहाँ सुखका साथ छु भन्ने आत्मीय सन्देश प्रस्तुत गरेको छ।

    images

    गीतमा देवी घर्तीसूर्य खड्काको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत स्वयम् सूर्य खड्काकै रहेको छ। गीतले परदेशमा रहे पनि परिवारप्रतिको माया, आत्मीयता र जिम्मेवारीलाई सकारात्मक ढंगले अभिव्यक्त गरेको छ।

    भिडियोमा तीजको सांस्कृतिक पक्षलाई आकर्षक ढंगले चित्रण गरिएको छ। परम्परागत तीज गीतहरूमा माइतीको सम्झना र विरहका भाव प्रमुख रूपमा प्रस्तुत हुने गरे पनि यो तीज गीतले फरक सन्देश बोकेको छ। गीतमा परदेशमा रहेकी छोरीले आफू श्रीमानसँग सुखी, सुरक्षित र खुसीका साथ जीवन बिताइरहेको बताउँदै आमा–बुबालाई अनावश्यक चिन्ता नगर्न आग्रह गरेकी छन्।

    परिवारप्रतिको माया, विश्वास र सकारात्मक सोचलाई केन्द्रमा राखेर तयार पारिएको यो गीत ‘सूर्य खड्का’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार