गायक सूर्य खड्का र गायिका दिपिका बायम्बू मगरको स्वरमा सजिएको नयाँ गीत ‘जन्म के बार होला’ सार्वजनिक भएको छ। सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले प्रेम, भाग्य र जीवनप्रतिको गहिरो दृष्टिकोण प्रस्तुत गर्दै श्रोता तथा दर्शकमाझ विशेष रुचि पाउँदै गएको छ।
गीतका शब्द प्रल्हाद सुवेदीले लेखेका हुन् भने संगीत स्वयं सूर्य खड्काले दिएका छन्।
गीतको भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका हुन् भने कोरियोग्राफी प्रशान्त मगरले गरेका छन्।
भिडियोमा करिश्मा ढकाल र अनिल पौडेलको आकर्षक अभिनय देख्न सकिन्छ। सिनेमाटोग्राफी करण चैसिरले गरेका छन् भने सम्पादन, कलर र ग्राफिक्स मनोज कार्कीले तयार पारेका छन्।
गीतमा प्रयोग गरिएको मर्मस्पर्शी संगीत र मौलिक कथावाचनका कारण ‘जन्म के बार होला’ नेपाली संगीतप्रेमीहरूका लागि विशेष सिर्जना बनेको छ। भिडियोले प्रेम, सम्बन्ध र नियतिको सम्बन्धलाई भावनात्मक तरिकाले चित्रण गरेको छ।
(2).gif)
