मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

साइतामा रोयल्स क्लब ९ विकेटले विजयी, जापान कप २०२५ (डिभिजन–३) को च्याम्पियन

गण्डकी पोष्ट आश्विन ६, २०८२ सोमबार
  • 1.2K
    SHARES
  • साइतामा रोयल्स क्लब ९ विकेटले विजयी, जापान कप २०२५ (डिभिजन–३) को च्याम्पियन

    साइतामा रोयल्स क्लबले जापान कप २०२५ (डिभिजन–३) को उपाधि जित्दै आफ्नो क्रिकेट इतिहासमा ऐतिहासिक सफलता हात पारेको छ।

    images

    आइतबार सानो–४ स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा साइतामा रोयल्सले एभेरेष्ट क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।

    सिजनभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको रोयल्सले फाइनलमा झनै प्रभावशाली खेल प्रस्तुत गर्‍यो। बलिङ, फिल्डिङ र ब्याटिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गरेको टोलीले सहज रूपमा उपाधि उचालेको हो।

    ९६ रनको लक्ष्य पछ्याउँदै साइतामा रोयल्सले १ विकेट मात्र गुमाउँदै ७ ओभरमै जित हात पार्‍यो। सह–कप्तान बिकाश खड्काब्याटिङमा निरन्तर उत्कृष्टता देखाउँदै प्रतियोगिताको सर्वश्रेष्ठ ब्याट्सम्यान घोषित भए।

    टोलीका कप्तान गोकुल कुँवर, सह–कप्तान बिकाश खड्का, सिद्धार्थ खड्का, दीपक सुनार, खेमराज बोगटी, मोहित थागुन्ना, एम उमेर, लकी तिवारी, सञ्जय रावत, मलिक उस्मान, केसी कृष्णाबसन्त दाहाल फाइनल खेलमा उपस्थित थिए र सबैले टोलीको जितमा सक्रिय योगदान गरेका थिए।

    खेलपछि क्लबका सदस्यहरूले यो जित केवल उपाधि मात्र होइन, हाम्रो महिनौंको मिहिनेत, एकता समर्पणको प्रतिफल हो भनी प्रतिक्रिया दिएका थिए ।

    साइतामा रोयल्स क्लबलाई साइतामामा रहेको टोटल सेवाले मुख्य प्रायोजन गर्दै आएको छ। यस उपाधिसँगै क्लब अब डिभिजन–२ को यात्रातर्फ अघि बढ्ने तयारीमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार