नेपाली पुरुष भलिबल का चर्चित मिडल ब्लकर चिरन खड़का लाई उपचारको लागि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल युथ स्पोट्र्स क्लब जापानले जेठ २० गंगरे मेलामा राजकुत ७ बाट सहभागी भई पुरुष भलिबल प्रतियोगिता खेलको दौरान मा घाइते हुनु भएका चिरन खड़का लाई हौसला स्वरुप आर्थिक सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष बसन्त थापाले जानकारी दिएका छन् । तत्कालका लागि २० हजार रुपैयाँ प्रदान गरिएको थापाले बताए ।
‘खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो’ भन्ने मुल नाराका साथ स्थापित नेपाल युथ स्पोट्र्स क्लब जापानले नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने क्लबको उद्देश्य रहेको अध्यक्ष थापाले बताए ।
जापानमा बर्षेनी भलिवल प्रयोतियोगिता आयोजना तथा विभिन्न भलिवल प्रतियोगिताहरुमा सहभागीता जनाउँदै आएको क्लवले प्रवासमा रहेका नेपाली भलिवल खेलाडीहरुलाई हौसला प्रदान गर्दै आएको छ ।
प्रवासमा मात्र नभई स्वदेशमा समेत भलिवल खेललाई आफ्नो मुख्य पेशा बनाउँदै आएका खेलाडीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा विभिन्न क्षेत्रमा सहयोग गर्ने उदेश्य क्वलको रहेको अध्यक्ष बसन्त थापाले बताए ।

(2).gif)
