मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानमा नोभेम्बर ५ मा “पूर्ण बहादुरको सारङ्गी“ प्रदर्शन हुदै

गण्डकी पोष्ट कार्तिक १७, २०८१ शनिबार
  • 274
    SHARES
  • जापानमा नोभेम्बर ५ मा “पूर्ण बहादुरको सारङ्गी“ प्रदर्शन हुदै

    नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले चौतर्फी प्रशंसा पाएको छ। दर्शकको प्रतिक्रिया सुन्दा अपेक्षा गरेभन्दा बढी रुचाएको देखिन्छ। नेपालमा पूर्वदेखि पश्चिमसम्मका शोहरू हाउसफुल भएको छ साथै दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छ।

    images

    नेपालि चलचित्र “पूर्ण बहादुरको सारङ्गी“ जापानमा प्रदर्शन पनि प्रदर्शन गरिने भएको छ। जापानमा आधिकारिक चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार आगामी नोभेम्बर ५ तारिक मङ्गलबार टोकियोको तोशिमा सिभिक हल ( Toshima Civic Hall ) हलमा प्रदर्शन गरिदैछ । 

    टिकटक, युट्युब जस्ता प्लेटफर्ममा निकै लोकप्रिय बनिरहेको ‘काँधेकुरी’,  ‘रैया चादीँको’ गीत बाट चर्चामा रहेको फिल्म हलमा प्रदर्शन भए पछि झन कथा बस्तुले गर्दा विभिन्न व्यक्तित्व र धेरै दर्शकहरुको राम्रो रिभ्यू पाईरहेको छ। फिल्ममा बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा छ जस्ले हरेकलाई भावनामा बाडेर रुवाँउछ । दशर्कले चलचित्रको तारिफ गर्दै फिल्मबाट अपेक्षा गरे भन्दा माथि रहेको भन्दै आ-आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को खुलेर प्रशंसा गर्दै चलचित्रको डाइलग मन पर्यो भन्दै भावुक हुँदै आँसु पुछेको समेत सामाजिक संजालमा देख्न सकिन्छ।

    दर्शकहरुको व्यस्तता र सुविधालाई मध्यनजर गर्दै डेस्टिनी क्रियसन द्वारा अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले ( https://dcticketing.com/) बाट सजिलै टिकट बुकिङ्ग गर्न मिल्ने छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार