बुधबार, कार्तिक १९ गते २०८३ Wednesday, 04 Nov, 2026
Follow Us on

Trending

जापानका चार दर्जन बढी शहरमा छक्का पञ्जा ५ प्रदर्शन हुने

गण्डकी पोष्ट आश्विन १०, २०८१ बिहीबार
  • 470
    SHARES
  • जापानका चार दर्जन बढी शहरमा छक्का पञ्जा ५ प्रदर्शन हुने

    नेपालि चलचित्र छक्का पञ्जा ५ जापानमा देखाईने भएको छ ।  जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपालि चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ । छक्का पञ्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ ।  

    images

    यसको गित “तलाई सपिङ गरिदिएको पैसा फिर्ताले" अहिले सामाजिक संजालमा निकै नै भाईरल भैरहेको छ । खासगरी मनोरञ्जनात्मक रुपले निर्माण गरिएको यो चलचित्रमा सामाजिक सन्देशहरुको पनि कमि छैन । जापानका अन्य शहरहरुमा पनि विभिन्न मितिमा प्रर्दशन हुने छ , दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले (https://dcticketing.com/)बाट टिकट लिन पाईनेछ । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवादहरु छन ।  

    अनलाइन टिकन बुकिङका लागि यहाँ क्लिक गर्नुहोला।

     

    IMG_9023.jpeg

    undefined

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार