बुधबार, कार्तिक १९ गते २०८३ Wednesday, 04 Nov, 2026
Follow Us on

Trending

जापानलाई कर्मथलो बनाउँदै आउनुभएकी गायिका समिना खड्का लोहनीको पहिलो तीज गीत घरै धानिछु सार्वजनिक (भिडियो सहित)

गण्डकी पोष्ट श्रावण २६, २०८१ शनिबार
  • 396
    SHARES
  • जापानलाई कर्मथलो बनाउँदै आउनुभएकी गायिका समिना खड्का लोहनीको पहिलो तीज गीत घरै धानिछु सार्वजनिक (भिडियो सहित)

    हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । कतिपय गीतहरुमा मौलिकता छ भने कतिपय मनोरञ्जनका लागि बजारमा आएका छन्।

    images

    यही क्रममा जापानलाई कर्मथलो बनाउँदै आउनुभएकी गायिका समिना खड्का लोहनीको तीज गीत घरै धानिछु सार्वजनिक भएको छ। सूर्य खड्का युट्युब च्यानलबाट बजारमा आएको गीतमा परदेशी गायकको उपमा पाउनुभएका गायक सुर्य खड्काको स्वर,शब्द र संगीत रहेको छ । समिना खड्का लोहनीको आवाज रहेको यो गीत औपचारिक रुपमा समिनाको पहिलो प्रस्तुति हो।

    जापानमा हुने गरेका कतिपय सांगीतिक कार्यक्रमहरूमा आफ्नो सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै आउनुभएकी समिना खड्का लोहनीले आफ्नै भाइ सूर्य खड्कासँगको सहकार्यमा पहिलोपटक तीज गीत बजारमा ल्याउनुभएको हो ।

    जापानमै छायांकन गरिएको गीतको भिडियोमा तुलसी सापकोटा मुख्य अभिनय रहेको छ भने गोविन्द विष्टको फोटोग्राफी तथा निर्देशन रहेको छ।

    गीतमा प्रयोग भएका शब्द तथा भावहरु नेपाली जनजीवनको परिवेशमा आधारित भएकोले उक्त गीतलाई धेरैले मन पराउने निर्माण पक्षको अपेक्षा रहेको छ।

    गण्डकी पोस्ट डट कमको तर्फबाट गीतको पूर्ण सफलताको शुभकामना सहित भिडियो यहाँ प्रस्तुत गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार