पर्वत समाज जापानले खेलकुदको प्रवर्धन र विकास गरी खेल प्रति क्रियाशिल बनाउने उद्देश्यका साथ आयोजीत प्रथम पर्वत कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ।
प्रवासमा रहेका नेपालीहरुका बिचमा आत्मीयता भातृत्व र सहयोगी भावनाको विकास गर्न र खेलमार्फत युवाहरूमा अनुशासन कायम राख्दै खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गराउनका लागि भलिवल प्रतियोगिता गरिएको महासचिव राम बास्तोलाले बताउनुभयो ।
९ समूहको सहभागिता रहेको प्रतियोगितामा नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) जापान च्याम्पियन बन्दै नगद, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्यो भने गल्कोट स्पोर्ट्स क्लब टोकियो उपविजेता बन्दै ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेको थियो। फाईनल खेलमा २/२ सेट जित निकालेका दुई समूहले समय आभावका कारण गोला प्रथाद्धारा विजेता र उपविजेता छानिएको कार्यक्रम संयोजक मुक्तिराज रेग्मीले जानकारी दिनुभयो ।
यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर घुम्टे युवाका सरन समरी क्षेत्री, मिड ब्लकर पर्वत समाजका निलम सिंह, बेष्ट लिफ्टर नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) का मनोज भण्डारी, बेष्ट कोच नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) का केशव सूबेदी, बेष्ट स्पाईकर गल्कोट स्पोर्ट्स क्लबका राजेन्द्र बिष्ट, बेष्ट डिफेण्डेर घुम्टे युवाका सन्दीप थापा र बेष्ट लिफ्टर नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) का रेशम छन्त्याललाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
(2).gif)
