मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

गलकोट स्पोर्ट्स क्लब टोकियोले अप्रिल २२ तारिख सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब टोकियोले अप्रिल २२ तारिख सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ ।

images

“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर  स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल २२ तारिख सोमबारका दिन टोकियोको सिन्जुकु स्पोर्ट्स सेन्टरमा गर्न लागेको महासचिव दिनेश थापाले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर  प्रतियोगिता संचालन गर्न लागेको  महासचिव थापाको भनाई छ। 

प्रतियोगिता संचालनका लागि मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यविभाजन गर्दै सह-कोषाध्यक्ष गोम बुढाथोकीलाई आर्थिक संयोजक, खेल संयोजक कुशल भण्डारीलाई खेल सामाग्री तथा खेलाडी ब्यबस्थापन संयोजक,प्रचार प्रसार संयोजकमा महासचिव दिनेश थापा , स्वयंसेवक तथा अतिथि ब्यवस्थापन संयोजकमा उपाध्यक्ष रमेश कुमार खत्री र कार्यक्रम संयोजकमा वरिष्ठ उपाध्यक्ष प्रकाश निउरेलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष दुर्गा बहादुर खत्रीले जानकारी दिए । क्लवको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न क्लवले स्थापना कालदेखि नै पुरुष खुल्ला भलिबल  प्रतियोगिताको आयोजना गर्दै आएको  अध्यक्ष खत्रीले बताए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ३३हजार ३३३ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २२ हजार २२२ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र  प्रदान गरिने कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष प्रकाश निउरेले बताए।

यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, 
मिड ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर,  बेष्ट सर्भर र  बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको सिन्जुकु स्पोर्ट्स सेन्टरमा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ। खेल प्रतियोगिताको टाईसीट एप्रिल २१ तारिक ५ बजे सार्वजनिक गरिने खेल संयोजक कुशल भण्डारीले  बताए ।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार