मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

खेलकुदको संरक्षण र संवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल युथ स्पोर्ट्स क्लब जापानले गर्‍यो चार ब्यक्तित्वलाई सम्मान

गण्डकी पोष्ट फाल्गुण २२, २०८० मंगलबार
  • 1.1K
    SHARES
  • खेलकुदको संरक्षण र संवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल युथ स्पोर्ट्स क्लब जापानले गर्‍यो चार ब्यक्तित्वलाई सम्मान

    नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) जापानले खेलकुद तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गर्ने चार ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रथम N.Y.S.C. कप पुरुष भलिबल प्रतियोगिताको अवसरमा सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरिएको सचिब भिक्टर ठाडा मगरले जानकारी दिए ।  

    images

    सम्मानित हुनेहरुमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन शेरचन, जापानमा भलिबल खेललाई संरक्षण र संवर्द्धनका निम्ती योगदान पुर्‍याउने श्री गुरुङ, रत्नसिङ बस्नेत र राम थापा थिए । गुरुङ पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष, टाईगर ग्रुप अफ पोखरा (जापान शाखा )का संरक्षक तथा नेपाल भलिबल संघ जापानका सल्लाहकार हुन् ।भने बस्नेत नेपाल भलिबल संघ जापान तथा गल्कोट स्पोर्ट्स क्लब टोकियोका पुर्व अध्यक्ष हुन्। त्यस्तै थापा एनआरएनए जापानका सह-कोषाध्यक्ष तथा गल्कोट समाज जापान क्षत्रिय समिती नागोयाका पुर्व अध्यक्ष हुन् ।  

    “खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो” भन्ने मुल नाराका साथ स्थापित नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) जापानले प्रथम N.Y.S.C. कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।  

    नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार तथा दिर्घ रोग लागि उपचार गराईरहनुभएका भलिबल खेलाडीहरूलाई उपचारमा सहयोग गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बसन्त थापाले जनाए ।

    IMG_6225.jpeg
    IMG_6224.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार