नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आउन अझै एक महिना बढी रहेपनी तीज पर्व लक्षित गीतहरु यतिबेला युट्युबमा छ्यापछ्यापती भेटिन थालेका छन् ।
पछिल्लो समय प्रवाशबाटै नेपाली गीत संगीतमा सफलता पाईरहेका गायक सुर्य खड्का, चर्चित गायिका समिक्षा अधिकारी र निशा क्षेत्री निशानाको आवाजमा रहेको तीज गीत “साडी जापानी” सार्वजनिक भएको छ । जापानमै रहेर गीत संगितमा संघर्षरत गायिका निशा क्षेत्री निशानाको शब्दमा तयार भएको गीतको लय नन्दु परियार र एरेन्ज विश्वाश नेपालको रहेको छ।
प्रबिन थापाको निर्देशन तथा कोरियोग्राफिमा तयार भएको भिडियोमा दुर्गेश थापा र सम्झना बुढाथोकीको अभिनय रहेको छ । निशा क्षेत्री युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको सिनेमेटोग्राफी राम केसी र सम्पादन अमृत चापागाईको रहेको छ ।
(2).gif)
