बिहीबार , कार्तिक २० गते २०८३ Thursday, 05 Nov, 2026
Follow Us on

गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ आयोजित टोकियो म्युजिकल नाईटको तयारी तिब्र

गण्डकी पोष्ट फाल्गुण २४, २०७९ बुधबार
  • 453
    SHARES
  • गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ आयोजित टोकियो म्युजिकल नाईटको तयारी तिब्र

    टोकियो,जापान ।  

    images

    गरीब तथा अनाथ बालबालिकाहरुको सहयोगका लागि आयोजित टोकियो  म्युजिकल नाइटको प्रचार प्रसारले तिब्रता पाएको छ ।  

    मार्च १२ तारिख टोकियोको नाकानो जिरो हलमा हुने म्युजिकल नाइटमा चर्चित गीत 'घर कता हो बैनीको' का गायक प्रकाश दुतराजको बिशेष प्रस्तुती रहने बताईएको छ ।  

     

    कार्यक्रममा प्रकाश दुतराज संगै पुन क्लब जापान सांस्कृतिक समुहको प्रस्तुती तथा मोनिका मगरको नृत्य रहने आयोजक संस्था गज्जव ईन्टरटेन्मेन्ट जापानका सचिन श्रेष्ठले जानकारी दिनुभयो । 

     

    म्युजिकल नाइटका लागि प्रवेश शुल्क अग्रिम बुकिङ् २ हजार ५ सय येन,कार्यक्रम स्थलमै  टिकट खरिद गर्नको लागि ३ हजार येन तथा भिआइपि टिकट लिन चाहनेका लागि १ मान येन तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार