हाल मलेशियामा संचालन भई रहेको अन्तर्राष्ट्रीय तेक्वान्डो प्रतियोगितामा सन्दिपा अमगाई ले रजत पदक जित्न सफल भएकी छिन।
जापानमा रहि लामो समय देखी तेक्वान्डो खेलमा नियमित टेड्रिग गर्दै आई रहेकी अमगाई जापान स्थित रहेको नेपाली तेक्वान्डो टिममा आबद्ध छिन र उक्त टिमको नेतृत्व पुर्व सिनियर खेलाडी सिद्धार्थ श्रेष्ठ गर्दै आएका छन ।
सोहि टिमको प्रतिनिधित्व गर्दै झन्डै आधा दर्जन अन्तर्राष्ट्रीय गेममा सहभागिता जनाई यस भन्दा पहिला अमेरिकामा स्वर्ण पदक र स्पेनमा कांस्य पदक हात पार्न सफल भएकी थिईन।
हाल मलेशियामा सन्चालन भई रहेको प्रतियोगितामा बिश्वको बिस राष्ट्रको सहभागिता रहेको थियो भने यस पछि भेतनाममा हुने अन्तर्राष्ट्रीय तेक्वान्डो प्रतियोगितामा सहभागी जनाउने तयारी भईरहेको प्रशिक्षक सिद्धार्थ श्रेष्ठ बताएका छन।


(2).gif)
