मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बहुचर्चित चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २५ बाट जापानभर प्रदर्शन हुँदै

गण्डकी पोष्ट श्रावण १९, २०७९ बिहीबार
  • 842
    SHARES
  • बहुचर्चित चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २५ बाट जापानभर प्रदर्शन हुँदै

    जापान । बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २५ तारिखबाट जापानभर प्रदर्शन हुने भएको छ ।

    images

    ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानमा पनि रिलिज हुने भएको हो ।

    स्व. छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा रहेको यस चलचित्र कोरोना महामारीको कारण रिलिज हुन सकेको थिएन ।

    यस चलचित्र सम्भवत नेपालकै पहिलो चलचित्र हुन सक्छ जुन हिन्दी भाषामा पनि डब भई नेपाल र भारतमा सँगसँगै रिलिज हुदै छ। चलचित्रको हिन्दी संस्करण नाम भने “विश्वजितम” राखिएको छ ।
    चलचित्र प्रेम गीत ३ आउँदो सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएतापनि जापानमा भने सेप्टेम्बर २५ बाट मात्र प्रदर्शनींमा आउने खाबुसिकी खाईस्या सेभेन सामुराई ईन्टरनेशनलका संचालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिनु भयो ।

    अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

    यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएको कारण तेस्रो सिक्वेल निर्माण भएको हो ।

    यस चलचित्रको सेभेन सामुराईले जापानको अफिसियल विक्रेताको राईट पाएको छ ।
    नेपालको काठमाडौं र जापानको सिजुओका केनको सिजुओका सीमा अवस्थित सेभेन सामुराई कम्पनिले कन्सल्टेसी, जिन्जाइ स्योकाइ, क्योदो कुमिआई, रेस्टुरेन्ट, हलाल फुड लगायत विभिन्न सेवाहरु दिदै आईरहेको छ ।
    यस चलचित्रको प्रदर्शनीमा नेपाली लगायत विभिन्न देशमा मनि ट्रान्सफर सेवा दिदै आएको सिटी एक्सप्रेस जापानले पनि ईभेन्ट पार्टनर र ग्लोबल मल्टीमिडिया प्रालिले ब्यवस्थापन गरेको छ ।

    सेभेन सामुराई ईन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापान र ग्लोबल मल्टीमिडियाको यो पहिलो संयुक्त सहकार्यमा हुने प्रेम गीत ३ को जापान शो जापानको १० शहरमा फिक्स भए पनि २३ शहरमा शो गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।

    DB7300ED-C63E-4EF7-A1A4-AF8939803427.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार