शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

भूपेन्द्र थापामगर बने चौथो संस्करणको ‘नेपाल आइडल’

गण्डकी पोष्ट चैत्र ५, २०७८ शनिबार
  • 400
    SHARES
  • भूपेन्द्र थापामगर बने चौथो संस्करणको ‘नेपाल आइडल’

    गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करण विजेता भूपेन्द्र थापामगर बनेका छन् । 

    images

    शनिबार  भएको ग्रान्ड फिनालेमा नाम्गेल तामाङ, रञ्चित नेपाल, विश्वास उप्रेती र लक्ष्मी पौडेलाई उछिन्दै भूपेन्द्र उपाधि चुम्न सफल भएका हुन् । 

    फस्ट रनरअप नाम्गेल तामाङ बने भने सेकेन्ड रनरअपको उपाधि रञ्चित नेपालले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्याङ्कनका आधारमा नेपाल आइडल चौथो संस्करणको विजेता घोषणा गरिएको हो ।

    नेपाल आइड–४ को उपाधिसहित विजेता भूपेन्द्र थापामगरले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । फस्ट रनरअपले पाँच लाख रुपैयाँ र ट्रफी प्राप्त गरे भने सेकेन्ड रनरअपले तीन लाख रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

    आइडलको फिनालेमा विश्वास उप्रेती र लक्ष्मी पौडेल चौथो र पाँचौँ  बनेका छन् । उनीहरूले गिटार र १० लाख रुपैयाँ बराबरको बिमा पुरस्कारस्वरूप प्राप्त गरे ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार