"स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल"भन्ने उद्घोषका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिबेशन यही डिसेम्बर २१ तारिक मंगलबार हुने भएको छ।
स्थापना कालदेखि जापानमा हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको क्लवले कोरोनाका कारण गत बर्ष भलिबल प्रतियोगिता गर्न नसके पनि यस बर्ष भने मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि भव्यरुपमा सम्पन्न गरेको थियो।
जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका ब्यक्ति तथा संघ संस्थालाई सम्मान गर्दै आएको क्लवले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने,प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुद संग सम्बन्धित क्षेत्रका लागि सहयोग पनि गर्दै आएको छ।
बिशेषत बागलुंग जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा बिभिन्न पेशा ब्यबसाय तथा रोजगारीमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको यस क्लव छोटो समयमा नै जापानवासी नेपाली बीच लोकप्रिय हुदै गएको छ।
गल्कोट स्पोर्ट्स क्लव टोकियोका सल्लाहकार,पदाधिकारी एवं शुभचिन्तक लगायत सम्पुर्ण साधारण सदस्यहरुलाई अधिबेशनमा उपस्थित भईदिनुहुन आयोजकको तर्फबाट अनुरोध रहेको छ।
अधिवेशन डिसेम्बर २१ तारिक मंगलबारका दिन टोकियोको ओमोरीमा अवस्थित सारंगी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुने जनाईएको छ ।
(2).gif)
