माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।नेपाल उपविजेतामा सिमित रहृयो ।
मालेस्थित नेशनल फुटबल रङ्गशालामा शानिवार भएको उपाधि भिड्न्तमा नेपाल ३–० ले पराजित भएको हो । भारतलाई कीर्तिमानी आठौं पटक उपाधि दिलाउन भारतका कप्तान सुनिल क्षेत्री, सुरेश सिंह र साहल अब्दुल समादले समान एक–एक गोल गरेका थिए ।
पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफको सुरुवाती पाँच मिनेटमा नेपालले दुई गोल खाएको थियो । प्रितम कोटालको पासमा हेडमार्फत क्षेत्रीले ४८औं मिनेटमा भारतलाई अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेट नबित्दै यासिर मोहम्मदको सहयोगमा सुरेश सिंहले दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए ।
नेपालले खेलमा फर्कन पटक–पटक प्रयास गरे पनि भारतको डिफेन्स अगाडी नेपाल सफल हुन सकेन ।
खेलको अन्तिम समयमा साहल अब्दुल समादले तेस्रो गोल गर्दै भारतको जित सुनिश्ति गरेका थिए । दुई नेपाली डिफेन्डर र गोलरक्षक चेम्जोङलाई उत्कृष्ट ढङ्गले बिट गर्दै समादले गोल गरेका थिए ।
फाइनलमा नेपाललाई हराएसँगै भारतले आठौं पटक साफ उपाधि जितेको छ । साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपालले भने हालसम्म पनि उपाधि जित्न सकेको छैन ।
(2).gif)
