मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

फिफा विश्वकप छनोटमा जापानद्वारा अष्ट्रेलिया पराजित

गण्डकी पोष्ट आश्विन २७, २०७८ बुधबार
  • 385
    SHARES
  • फिफा विश्वकप छनोटमा जापानद्वारा अष्ट्रेलिया पराजित

    फिफा विश्वकपको एशिया छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साँझ भएको खेलमा जापानले अष्ट्रेलियालाई दुई एकले पराजित गर्यो। तेस्रो चरणको छनोटमा अष्ट्रेलियाको यो पहिलो हार हो। 

    images

    घरेलु मैदानमा भएको खेलमा जापानको जितमा टानाकाले एक गोल गरे भने एक गोल उपहार पाएको थियो। अष्ट्रेलियाका लागि एक गोल रुस्टेकले गरेका थिए। 

    अघिल्लो खेलमा साउदी अरेबियासँग एक शुन्यले पराजित भएको जापानले अष्ट्रेलियाविरुद्ध भने प्रतिस्पर्धात्मक जित निकाल्यो खेलको आठौं मिनेटमा नै आओ टानाकाको गोलमा जापानले अग्रता बनाएको थियो। 

    पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको जापानले ६९ औं मिनेटमा गोल खान पुग्यो।अष्ट्रेलियाका लागि एज्डिन रुस्टिकले गोल गरे। 

    तर ८५ औं मिनेटमा जापानले उपहार गोल पायो। अष्ट्रेलियाका बेहिचले आफ्नै पोष्टमा गोल गरेपनि जापानले खेलमा फेरी अग्रता बनायो। त्यसपछि अष्ट्रेलिया खेलमा फर्कन सकेन र जापानले दुई एकको जित निकाल्यो। अष्ट्रेलियाको पछिल्ला पाँच खेलमा यो पहिलो हार हो। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार